बिष्णुप्रसाद पोखरेल हल्दिवारी । हल्दिवारी गाँउपालिका साविक जलथल २ मा को लक्ष्मी माबिमा कम्यूटर शिक्षाका लागि कम्युटरहरु थिए । तर बिद्यार्थीले पढ्न पाएका थिएनन् । कम्यूटर शिक्षकको अभावले गर्दा बिद्यालयमा बिद्यार्थीहरुका लागि कम्यूटरहरु भएको र नभएको उस्तै रहेको थियो । अब भने यहाँका बिद्यार्थीहरुले कम्यूटर भएको अनुभुत गर्नमात्र सिक्न समेत पाउने भएकाछन् ।

बिद्यालयका प्रधानअध्यापक कृष्णप्रसाद पौड्यालका अनुसार बिहिबारबाट यहाँ कम्यूटर शिक्षाको पठनपाठन शुरु भएको छ । गाँउपालिकाले कम्यूटर शिक्षक पठाइदिएकाले थन्किएका कम्यूटरहरु अब प्रयोगमा आएकाछन्, पौड्यालले भन्नुभयो । उहाँले यस कार्यले अब बिद्यार्थीहरु आकर्षित हुने समेत बताउनु भयो । त्यतिमात्र नभएर बिद्यालयमा योग शिक्षक र खेल प्रशिक्षक पनि आउन थालेपछि यसले बिद्यार्थीहरुमा अर्को प्रकारको उत्साह आएको उहाँले बताउनु भयो । गाँउपालिकाले कम्तिमा पनि हप्तामा एकदिन बिद्यालयमा योग शिक्षक समेत पठाउन थालेको र बिहिबार आएर योग शिक्षकहरुले बिद्यार्थीहरुलाइ योगको महत्वको बारे सिकाउदै योग सिकाएको उहाँले जानकारी दिनु भयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

झापाको हल्दिवारी गाँउपालिकाले सामुदायिक बिद्यालयका बिद्यार्थीहरुलाइ प्राविधिक शिक्षामा अब्बल बनाउन र बिद्यालयप्रति आकर्षण बढाउनका लागि सबै बिद्यालयहरुमा घुम्ति कम्यूटर शिक्षक र योग शिक्षक नियुक्त गरेर बिद्यालयहरुमा पठाउन शुरु गरेपछि यसले बिद्यार्थी र बिद्यालयमा खुसि छाएको छ । सम्भवत नेपालमा यसरी घुम्ति शिक्षक र योग प्रशिक्षक नियुक्त गरेर पठनपाठन शुरु गरिएको यो पहिलो भएको जनाईएको छ ।

यससम्बन्धि कार्यबिधि बनाएर खुला बिज्ञापनमार्फत प्रतिस्पर्धाको आधारमा करारमा कम्यूटर शिक्षकहरु नियुक्त भएको र बिहिबारदेखि उनिहरुले काम शुरु गरेको गाँउपालिका उपाध्यक्ष एवं शिक्षा समिति संयोजक डम्बर गिरीले बताउनु भयो । उहाँका अनुसार ११ जना कम्यूटर शिक्षकहरु नियुक्त भएकाहुन् । आधारभुत र माध्यमिक तहका सामुदायिक बिद्यालयका शिक्षक एवंम बिद्यार्थीको कम्यूटर शिक्षाको माध्यमबाट समेत शैक्षिक गुणस्तर अभिबृद्धि गर्न घुम्ति कम्यूटर शिक्षकको ब्यवस्था मिलाईएको हो, गिरीले भन्नुभयो ।

६ जना माध्यमिक बिद्यालय, ४ जना आधारभुत बिद्यालय र १ जना प्राथमिक बिद्यालयका लागि कम्यूटर शिक्षकहरु नियुक्त भएका गाँउपालिका अध्यक्ष रबिन्द्र लिङ्देनले बताउनु भयो । अब कुनै पनि बिद्यालयमा कम्यूटर शिक्षकको अभाव हुनेछैन र आलोपालो तिनै शिक्षकहरु गएर पढाउनेछन्, उपाध्यक्ष लिङ्देनले बताउनु भयो । सामुदायिक बिद्यालयहरुमा भएका कम्यूटरहरु थन्काएर राखेको अवस्था रहेकोमा अब यस्तो अवस्था नरहने उहाँले दाबी गर्नु भयो ।

घुम्ति योग शिक्षक

गाँउपालिकाले केहि समय अघि सार्वजनिक गरेको एक बर्षे शैक्षिक कार्ययोजना अनुसार घुम्ति कम्यूटर शिक्षकसंगै ३ जना योग शिक्षक राख्ने भनिए बमोजिम नै यो काम शुरु भएको गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत सन्तोस घिमिरेले बताउनु भयो । उहाँका अनुसार सबै सामुदायिक तथा संस्थागत बिद्यालयका इच्छुक बिद्यार्थीहरुलाइ लक्षित गरेर ‘गरौ योग, भगाऔ रोग’ भन्ने गाँउपालिकाको प्रवद्र्धनात्मक तथा निरोधात्मक स्वास्थ्य अभियानलाइ कार्यन्वयन गर्नका लागि घुम्ति योग शिक्षक नियुक्त गरेका हौ । कम्तिमा पनि हप्तामा एकपटक योग शिक्षकहरु बिद्यालय पुगेर योग सिकाउनु हुनेछ, घिमिरेले भन्नुभयो । ६ वटा बिद्यालयमा आलोपालो गरेर योग शिक्षकहरुले योगा सिकाउने जनाईएको छ ।

कराते र कवडीको पनि घुम्ति खेल प्रशिक्षक

गाँउपालिकाले बिद्यार्थीहरुको आत्मसुरक्षामा सक्षम बनाउन तथा खेलप्रति आकर्षीत गराउनका लागि करातेका ३ जना र कवड्डीका २ जना खेल घुम्ति प्रशिक्षक समेत नियुक्त गरेको जनाएको छ । गाँउपालिकाभित्र रहेका पुराना राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल प्रशिक्षकहरुलाइ दैनिक ज्यालादारीमा खेल प्रशिक्षक नियुक्त गरिएको र उहाँहरु काममा आउन थालेको गाँउपालिका उपाध्यक्ष गिरीले बताउनु भयो ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडिहरुलाइ गाँउपालिकाले सम्मान सहित यो जिम्मेवारी प्रदान गरेको हो, गिरीले भन्नुभयो । कराँतेका ३ र कवड्डीका २ जना खेल प्रशिक्षकले तालिका बनाएर आधरभुत र माध्यमिक तहका सबै बिद्यालयहरुमा गएर बिद्यार्थीहरुलाइ प्रशिक्षण दिने जनाईएको छ । हामीले सबै यि कामहरु कार्यबिधि र योजना बनाएर गरेकाछौ, गिरीले भन्नुभयो ।