दमक/नेकपाको प्रदेश कमिटीले पुर्णता पाउने भएको छ । हिजो दुइवटा प्रदेशको टुंगो लागेकोमा सम्भवत आज बस्ने सचिवालय बैठकले एक नम्बर प्रदेश कमिटीले पुर्णता पाउने छ ।
यता झापा जिल्लामा अध्यक्ष को होला भनेर चासोको बिषय बनेको छ । एमालेका पुराना नेता एवं दुइपटक साँसद बनेका दीपक कार्की र साविक नेकपा एमालेका जिल्ला अध्यक्ष चीन्तन पाठक दुबै जना आफु बन्नेमा आश्वस्थ रहेकाकछन. ।
कार्की र पाठकको पक्षमा नेता कार्यकर्ताहरु बिभाजित बनेकाछन् । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीमा यो बिषय निर्भर रहेको जनाइन्छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले सातै प्रदेश कमिटी एकीकरणको टुङ्गो लगाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकले यसअघि नै प्रदेश कमिटीका अध्यक्ष, सचिव, इञ्चार्ज र सहइञ्चार्ज तोकिसकेको छ ।
नेकपाले प्रदेश कमिटीका सदस्यहरुको टुंगो लगाएको भएपनि पूर्ण विवरण आज सार्वजनिक गर्ने जनाएको छ । आज केहिबेरमा नामवली सार्वजनिक गर्ने तयारी भइरहेको श्रोतले बताएको छ ।










