दमक/झापा दमकको ग्लोबल बोर्डिङ स्कूलमा नर्सरीमा अध्ययनरत एक छात्रालाइ शिक्षिकाले यातना दिएको पाइएको छ । शिक्षिका भुमिकाले शरिरमा निलडाम हुने गरी कुटेपछि ३ बर्षिया छात्रा आरुसी पन्थी बिरामी परेकीछन् । उनलाइ दमकको निम्स अस्पतालमा भर्ना गरिएको छ ।
बिद्यार्थी नेताहरु समेत गएर घटनाको बिषयमा बुझेकाछन् । साँझ बिद्यालयका प्रीन्सिपल गुणराज अधिकारी अस्पताल पुगेर दोषीलाइ कार्वाही गर्ने प्रतिबद्धता जनाएकाछन् ।
बालिकाले भुमिका मेडमले कुटेको भनेर आफै बताएकीछन् । अधिकारीले बालबालिकाहरुलाइ यातना दिनु नहुने जनाउदै यसलाइ गम्भिर रुपमा लिइएको पनि उनले जनाए ।
बिद्यार्थी नेता रबि बस्नेतले साना बालबालिकाहरुलाइ बिद्यालय भर्ना गर्ने र यातना दिने कार्य दुबै गलत भएका बताएकाछन् । ४ बर्षभन्दा कम उमेरका बालबालिकाहरुलाइ बिद्यालय भर्ना गर्नु नहुने उनले जनाए ।
https://www.youtube.com/watch?v=HkKyTdJ9aGM&feature=youtu.be&fbclid=IwAR2iuAKT8Dxqw_3W68wlXbXllYs1oIgh4S-WuQSK7EQ7LUKC32IYb5-z_6Q











