बिष्णुप्रसाद पोखरेल
दमक । हल्दीबारी गाउँपालिका क्षेत्रको लक्षित समुह भित्रका १० जना विद्यार्थीलाई आवास सहितको निःशुल्क छात्रवृत्तिमा पशु विज्ञान (टिएसएलसि) १८ महिने कोर्ष अध्यापन गराएको छ । हल्दीबारी गाउँपालिका र सरस्वती माध्यमिक विद्यालय, कमल गाउँपालिका बीच दुइपक्षिय सम्झौता आधारमा उनिहरु अध्ययन गरिरहेकाछन् ।
हल्दीबारीको दृष्टि, कृषि र पर्यटन मार्फत समृद्धि’ भन्ने दीर्घकालिन दृष्टिकोण रहेकाले उक्त दृष्टिकोण कार्यान्वयनका लागि “हल्दीबारीको बाचा, झापाभरी माछा” र ‘किसानको खुशी, पशुपालन र कृषि’ भन्ने कार्यक्रम समेतलाइ प्रभावकारी बनाउन दक्ष प्राविधिक उत्पादनका लागि यो लगानी गरिएको गाँउपालिका अध्यक्ष रबिन्द्र लिङ्देनले बताएकाछन् ।
कृषि क्षेत्रको विकास मार्फत गाउँपालिकाको दीर्घकालिन दृष्टिकोणलाई मुर्तता दिन कृषि तथा पशुसँग सम्वन्धित एवम् अन्य प्राविधिक जनशतिm स्थानीयस्तरमै उत्पादन गरी उनिहरुको विज्ञता समेतको उपयोग गर्दै समृद्घ हल्दीवारीको परिकल्पनालाई साकार तुल्याउन गाँउपालिकाले १० जना प्राविधिक उत्पादन गर्न लागिएको गाँउपालिकाका अध्यक्ष लिङ्देनले बताए ।

विपन्न लक्षित समूह तथा अति विपन्न अन्य परिवार समूहका सदस्यहरुलाई प्राविधिक शिक्षामा पहँुच स्थापित गरार्ई स्थानीय सरकारको प्रत्यक्ष उपस्थितिको अनुभुति स्थानीय जनतालाई दिलाउदै लोक कल्याणकारी राज्यको स्थापना तथा सामाजिक न्याय समेत कायम गर्ने ले “छात्रवृत्तिमा प्राविधिक शिक्षा उपलब्ध गराउनका लागि बनाइएको कार्यविधि, २०७५ अनुसार यो गरिएको उपाध्यक्ष डम्बर गिरीले बताए ।
सरकारी स्तरमा सञ्चालनमा रहेको सरस्वती माध्यमिक विद्यालयसँग आपसी सम्भौता गरी सोही विद्यालयमा पशु विज्ञान विधा तर्फ १८ महिने कोर्ष प्रत्येक वडाबाट दुई÷दुई जनाका दरले जम्मा १० जनालाई आवास सहितको निःशुल्क छात्रवृत्ति उपलब्ध गराउने गरी सम्झौता भएर पठनपाठनमा समेत बिद्यार्थीहरु सहभागि रहेकाछन् । हामीले अनुगमन गर्दा बिद्यार्थीहरु खुसि देखिए, गिरीले भने ।
‘गाँउपालिकाले १८ महिनाको प्रत्येक विद्यार्थीको शुल्क, खाना र आवासको रकम र एकपटकका लागि पोशाक खर्च सोझै विद्यालयको खातामा जम्मा हुने गरी गाउँपालिकाले सम्झौता बमोजिमको रकम उपलब्ध गराउनेछ ।’ गाँउपालिकाका कार्यकारी अधिकृत सन्तोष घिमिरेले बताए । अध्ययन गर्ने विद्यार्थी समेतको रुचीलाई मध्यनजर गरी विद्यालयले १० जना विद्यार्थीमध्ये ५ जनालाई पशु तर्फ र ५ जनालाई माछा तर्फ अध्ययन गर्ने व्यवस्था मिलाएको पनि घिमिरेले जनाए ।










