दमक/शिवसताक्षी नगरपालिकालाई दमकल किन्न दबाव सृजना गर्न स्थानीय यूवाहरुले एक रुपैया चन्दा अभियान संचालन गरि संकलित रकम नगरपालिकालाई बुझाएका छन ।
नेपाली कांग्रेस निकट स्थानीय तरुण दलको अगुवाईमा नगरपालिकालाई दमकल खरिद गर्नकालागि दवाव सृजना गर्ने उदेश्यले नगरवासीबाट चन्दा संकलन गरिएको हो ।
नेपाल तरुण दल शिव सताक्षीको अगुवाईमा आज स्थानीय युवाहरुले धरमपुर चौक, झिलझिले र दुधेबजारमा एक व्याक्ती एक रुपैया चन्दा संकलन गरिएको तरुण शिवसाक्षीका सभापति योगेश लिङदेनले जानकारी दिनुभयो ।
युवाहरुले नगरवासीहरु संग संकलन गरेको करिब ५ हजार रुपैयाका साथै ११ बोत्तल पानी, र एउटा रित्तो बोत्तल पनि नगरपालिकाकी उपप्रमुख भोजकुमारी नेपाललाई बुझाएको लिङदेनले जानकारी दिनुभयो ।गोबिन्द ल्वागुनको फेसबुकबाट










