हेन्द्रनगर : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको चार महिना भयो।

अहिलेसम्म हत्यारा सार्वजनिक भएका छैनन्। हत्यारा सार्वजनिक गर्न माग गर्दै देशैभर प्रदर्शनसहित दबाबमुलक कार्यक्रम भइरहेका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सरकारलाई दबाब दिने उद्देश्यले राजधानीका ठाउँ–ठाउँमा ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखेर निर्मला पन्तको तस्बिरसहितको पोष्टर कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा ताँसिएको छ।

हत्यारा सार्वजनिक गर्न माग गर्दै धर्ना जारी रहेकै बेला शुक्रबार धर्नामा सहभागी अधिकारकर्मी र निर्मलाकी दिदी मनिसाले बजारका विभिन्न स्थानमा दबाबका लागि पोस्टर टाँसेका हुन्।

‘मेरी बहिनीको बलात्कारपछि हत्या भएको चारमहिना भयो अहिलेसम्म हत्यारा सार्वजनिक गरिएको छैन्’, मनिषाले भनिन्, ‘सरकारले न्याय देला भन्ने त आशा नै मरिसकेको छ। दबाबका लागि पोस्टर टाँस्दै छु।’

सामाजिक सुधार योजना कार्यक्रमको घोषणा गर्नुपूर्व सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर अंकित पोस्टर सार्वजनिक स्थलमा टाँसिएपछि निर्मलाका हत्यारालाई कारबाही गर्न माग गर्दै उनको पोस्टर टाँसिएको हो। ‘सरकारलाई दबाब सिर्जना गर्न पोस्टर टाँसेका छौं’, स्थानीय मन्जु भट्टले भनिन्।

पन्तका बुवाआमाले जिल्ला प्रशासन कार्यालय बाहिर सुरु गरेको धर्ना कार्यक्रम जारी छ। धर्नामा बसेकै बेला बाबु यज्ञराज पन्तको स्वास्थ्य बिग्रिएपछि उपचारका लागि काठमाडौं लगिएको छ।

उनको काठमाडांैस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ। आमा दुर्गादेवी पन्त श्रीमानको स्वास्थ्य उपचारका लागि काठमाडौंमा छन् भने कान्छीआमा लक्ष्मी पन्त धर्नामा छिन्। साउन १० गते बलात्कारपछि निर्मला पन्तको हत्या गरिएको हो।

अन्नपूर्ण पोस्ट बाट