दमक/झापाको गौरादहमा मेयर र उपमेयरबीचको लफडाले अहिले चर्चा पाएको छ । नगर कार्यपालिका बैठकमा कुरा नमिलेपछि बैठक छाडेको भनिएका मेयर रोहितकुमार शाहले बैठक स्थगन गरेको जनाए भने उपमेयरले आफ्नो अध्यक्षतामा कार्यपालिका बैठक बसिएको जनाइएकी छन् ।
मेयर बैठक नबसेको बताउने र उपमेयर भने बैठक बसेको बताउने गरेपछि यसले बिबाद चरम उत्सर्गमा पुगेको जनाइन्छ । बिभिन्न कार्यबिधि र निर्देशिकाको बिषयमा बिबाद देखिएको बताइन्छ ।
शुरुवातदेखि नै आन्तरिक बिबादमा अल्झेको गौरादह मेयर र उपमेयरबीचको लफडाले गर्दा झनै समस्यामा परेको जनप्रतिनिधिहरुले नै बताउन थालेकाछन् ।










