इलाका प्रहरी दमक मा कार्यरत एक प्रहरी जवानले केहि बेर अगी आत्महत्या गरेका छन् । इलाका प्रहरी कार्यालय पछाडी रहेको घरमा डेरा गरि बस्दै  आएका प्रहरी जवान टेकेन्द्र पौडेल ले झ्यालमा सलको पासो लागाई आत्महत्या गरेको बताइएको छ । उनले बिहान ६ बजे सम्म प्रहरी कार्यालय गेटमा ड्युटी गरेका थिए । घटनाको विषयमा विस्तृत बिबवार्ण आउन बाकि रहेको छ ।