बिष्णुप्रसाद पोखरेल दमक/झापाको दमक र आसपासमा चल्ने ट्रिपरहरुले आंतक मच्चाएकाछन् । खोलाबाट खोलाजन्य सामाग्रि बोक्दा डालीभन्दा माथि हाल्ने र स्पिड हुइकने गर्दा अन्य सवारी साधन चालकहरुलाइ सास्ति भइरहेको छ ।

बिहानदेखि बेलुका अबेरसम्म नै यो अवस्था रहने गरेको छ । दमकका सडक र पाडाजुंगी गौरीगन्ज सडकमा यो अधिक समस्या रहेको छ । पानी चुहाउदै त कहिले ढुंगा झार्दै हिडने गरेकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बालुवा फुसफुस झर्दा अन्य सवारी चालकहरुलाइ धेरै हैरानी भइरहेको छ । सडकमा बस्ने ट्राफिक र प्रहरीका अगाडि नै ट्रिपरहरु यसरी हुइकिएकाछन् । उनिहरुलाइ ट्राफिकले पक्राउ गर्दा सोर्स लगाएर छुटने गरेको बताइन्छ ।

इलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख दधिराम दाहालले यस्ता ट्रिपरहरुलाइ कारवाही गरिने बताए । आफु आफै सडकमा बसेर सम्झाउने गरिएको जनाउदै अब कडा कार्वाही शुरु गरिने उनको भनाइ रहेको छ ।

दमकमा ट्रिपर दिउसो चल्न नदिने कसरत भएपनि ट्रिपर सञ्चालकहरुको दबाबमा जनप्रतिनिधिहरु समेत परेकाछन् । ट्रिपर सञ्चालन ब्यवस्थित गर्ने निर्णय भएपनि यो कार्यन्वयन हुन सकेको छैन ।