नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय सचिवालयको तेह्रौं बैठकले प्रदेश नम्वर १ को  कमिटीमा ३४ जना झापाली नेतालाई जिम्मेवारी प्रदान गरेको छ । जसमा तत्कालिन एमालेबाट २१ जना र माओवादी केन्द्रबाट १३ जना मनोनयनमा परेका छन् ।

तत्कालिन एमालेबाट

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बसन्त बानियाँ, मेनका काफ्ले, पवित्रा निरौला खरेल, सोमनाथ पोर्तेल, जसमाया गजमेर, विर्ख प्रधान, हिरा थापा, विमला विक, टुन्ज बराइली, चिन्तन पाठक, विष्णु शिवाकोटी, विष्णु प्रसाई रहनु भएको छ । त्यस्तै, पुष्प पोखरेल, लोकबहादुर धिमाल, रोमनि भट्टराई, रोमनाथ ओली, राजिव घिमिरे, दिपक कार्की, होमबहादुर थापा, हृदय ठाकुर र अमर शिवाकोटीसहित २१ जनालाई प्रदेश कमिटीको जिम्मेवारी प्रदान गरेको छ ।

तत्कालिन माओवादी केन्द्रबाट

झलकसिंह दर्लामी, राजु आचार्य, मणिकुमार साम्पाङ, खड्गबहादुर कन्दङ्वा, लक्ष्मी न्यौपाने, पुरुसोत्तम चुडाल, रेवतराज पुरी, कल्पना कार्की, डिल्ली घिमिरे, भुपाल सापकोटा, हंशलाल राजवंशी, श्यामवीर लिम्वु र विरेन्द्र बस्नेतले प्रदेश कमिटीको जिम्मेवारी पाउनु भएको छ । तत्कालीन माओवादीका १३ जना नेताले प्रदेश कमिटीको जिम्मेवारी पाउनु भएको हो । एमालेबाट १२२ जना र माओवादीबाट ८५ जना तथा ४ जना पदाधिकारीसहित २११ जनाको १ नम्वर प्रदेश कमिटी बनेको हो । चार पदाधिकारीमध्ये इन्चार्ज र अध्यक्ष एमाले तथा सहइन्चार्ज र सचिव माओवादी केन्द्रबाट छानिनु भएको छ ।