दमक/नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली झापा आउने भएकाछन् । उनको दमक र भद्रपुरमा कार्यक्रम तय भएको बताईएको छ । आउदो २६ गते ओलीले मेची पुलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

भोलिपल्ट ओलीले दमक रेडक्रस भवनमा नेकपाका कार्यकर्तालाइ सम्बोधन र हम्सेदुम्से सामुदायिक बनमा शहिद पार्क शिलन्यास गर्ने नीजि सचिवालय सदस्य होमबहादुर थापाले बताएकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सामाजिक सञ्जाल फेसबुकमा थापाले स्टाटसलेखेर यस बिषयमा जानकारी दिएकाछन्, उनले लेखेकाछन्

सम्माननिय प्रधानमन्त्री के पि शर्मा अोलि ज्यु को निम्न समय मा निम्न कार्यक्रम हुने भएकोले कार्यक्रममा उपस्थिति का लागि सबै मा अनुरोध गर्दछु ।२०७५/८/२६गते दिन को १२बजे रातु नदि धनुसा र २बजे मेचि पुल भद्रपुर झापा उद्घाटनमा ।२०७५/८/२७गते बिहान ८बजे नेकपा झापा जिल्ला स्तरिय कार्यकर्ता भेला रेडक्रस भबन दमकमा ।दिउँसो ११बजे सहिद पार्क सिलन्यास दमक२ बेलडाँगी ।र २ बजे बिराठनगर कृषि भबन उद्घाटन ।