विष्णुप्रसाद पोखरेल

दमक / पुर्व अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी ) अमरसिंह शाहले आफ्ना मातपीताको सम्झनामा बहुद्धेशीय कवर्डहल निर्माणका लागि १० कठ्ठा जमिन दमक नगरपालिकालाइ प्रदान गर्नु हुने भएको छ । यस बिषयमा मंगलवार दमक नगरपालका र शाहबीच दुइपक्षिय सम्झौतामा हस्ताक्षर भएको छ । आफ्ना स्वर्गीय पीता नारायणसिंंह र माता ज्योतीकुमारी सिहको स्मृतीमा दमक ९ मा करोडभन्दा माथिको जमिन प्रदान गर्न सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नारायण–ज्योती मल्टिपल कवर्ड हल नामकरण गरिने, नगरपालिकाले यसै आर्थिक बर्षबाट काम शुरु गर्ने, ५ बर्षभित्रमा काम सक्नु पर्ने लगायतका बिषयमा जग्गादातासंग नगरपालिकाले प्रतिबद्धता जनाएको छ । नगरपालिकाको तर्फबाट नगर प्रमुख रोमनाथ ओली र जग्गादाताको तर्फबाट शाहले हस्ताक्षर गर्नु भएको छ । जनप्रतिनिधि आएपश्चात नगरपालिकाकलाइ स्थानीयले एकैसाथ यति धेरै जग्गा प्रदान गरेको यो पहिलो हो ।

आफुले २०६८ सालदेखि नै यो जमिन दिन खोजेता पनि यहाँ खेलकुदका लागि भवन बनाउने भरपर्दो आश्वसन तथा तदारुकता नपाएका कारण रोकिएको र अहिले आएर आफ्नो इच्छा अनुसारको कवर्डहल बन्ने भएकाले यो जग्गादान दिइएको सो अवसरमा उहाँले जनाउनु भयो । अहिले हल नहुदा कहिले कहाँ कहिले कहाँ खेल हुने गरेकाले अब त्यस्तो नहोस भनेर आवश्यक निर्माणमा सहयोग गर्ने समेत शाहले प्रतिबद्धता जनाउनु भयो ।

नगरपालिकाले केहिदिन अघि बसेको बोर्ड बैठकले यहाँ कवर्ड हल निर्माणका लागि नगर खेलकुद बिकास समिति दमकका अध्यक्ष केन्द्र प्रशाइको अध्यक्षतामा निर्माण समिति र जग्गादाता शाहको संयोजकत्वमा अनुगमन तथा सल्लाहाकार समिति बनाएको थियो । समितिले काम शुरु गरिसकेको जनाईएको छ ।

यस झापा क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य समेत रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले जग्गाको ब्यवस्थापन गरेमा निर्माणमा बजेट उपलब्ध गराउन आफु तयार रहेको दमक आएको समयमा सार्वजनिक रुपमा नै बताउनु भएको थियो । नगर खेलकुद समितिका अध्यक्ष प्रशाइका अनुसार यसै बर्षबाट काम शुरु गरिने छ ।