दमक/झापा क्षेत्र नं. ४ का साँसद एलपी साँवाले नयाँ जिम्मेवारी पाएकाछन् । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता समिति अन्र्तगत श्रम तथा रोजगार उपसमितिको प्रमुखको जिम्मेवारी उनले पाएकाहुन् ।

बुधबार चारवटा बिषयगत उपसमिति बनाउने निर्णय भएको थियो । उनि सर्वसम्मत रुपमा उपसमितिमा निर्वाचित भएको जनाईएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उपसमितिले स्वदेश र वैदेशिक रोजगारीका क्षेत्रका समस्या र चुनौतिहरुको अध्ययन गरी सरकारलाई नीतिगत निर्देशन दिने जनाइएको छ ।