हिलिहाङ : पाँचथरको फिदिम नगरपालिका वडा नं ९ लुम्फाबुङका ८० वर्ष पार गरेका ज्येष्ठ नागरिकलाई नगरपालिकाले उपचारका लागि रकम प्रदान गरेको छ। नगरप्रमुख ओनाहाङ नेम्वाङले ज्येष्ठ नागरिकलाई पाँच हजारका दरले ३७ जनालाई बिहीबार रकम प्रदान गरेका हुन्। दीर्घरोगीअन्तर्गत मिर्गौला, मुटु र क्यान्सर रोगीलाई १० देखि २० हजार रुपैयाँसम्म नगरपालिकाले उपलब्ध गराइरहेको छ।

अहिलेसम्म नगरपालिका कार्यालयमै आएका ८० वर्ष पार गरेका ९० ज्येष्ठ नागरिकलाई पनि औषधोपचार खर्च प्रदान गरिसकिएको छ। चिसोबाट बच्न मानव अधिकार एकल महिला समूहले ७८ एकल महिलालाई ब्ल्याङ्केट र प्रमाणपत्र वितरण गरेको समूहका अध्यक्ष सरस्वती रिजालले बताइन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

वडासदस्य गङ्गा राईले वडाका ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, दलितलाई प्राथामिकतामा राखेर काम गर्दै आएको बताए। रासस