दमक/अर्थमन्त्री डा. युवराज खतिवडाले यसपटक बृद्धभत्ता बढेन भनेर निराश नहुन आग्रह गरेकाछन् । उनले आउदो आर्थिक बर्षमा बढ्ने संकेत गर्दै यो पटक चाहेर पनि बढाउन नसकिएको बताए ।

झापाको गौरादहस्थित बैगुन्धुरा माबिको स्वर्ण महोत्सवमा आयोजित पुराणको उद्घाटन गर्दै उनले यस्तो बताएकाहुन् । ढिकुटी रित्तो भएकाले यो पटक यस्तै भएको जनाउदै पाँच बर्षभित्रमा निर्वाचनको सयममा गरिएका बाचाहरु पुरा गरिने उनले बताए । अहिले नै काम पुरा भएन भनेर आलोचना गर्ने समय आइनसकेको भन्दै उनले प्रतिबद्धताहरु पुरा गर्ने प्रतिबद्धता जनाए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले वडासम्म नै स्थानीयले सरकार पाएको जनाउदै सबैकुरा माथिमात्र नताक्न आग्रह गरे । स्थानीय सरकालाइ सहयोग गर्न आग्रह गर्दै कर पनि तिर्नका लागि अनुरोध गरे । उनले अमर माबिको भौतिक पुर्वधार सहयोगका लागि १ महिनाबराबरको तलव प्रदान गर्ने घोषणा गरे ।