दमक/झापाको दमक बजारलाइ ब्यवस्थित गर्नका लागि दमक चोकबाट जेसिज स्तम्भ हुदै थानारोड छिर्ने र फर्निचर लाइन हुदै बजार जाने सडक वान वे गर्ने बिषयमा ब्यापारीहरुले बिरोध सिर्जना गरेकाछन् । उनिहरु आक्रोशित हुदै दमक नगरपालिका पुगेर यो निर्णयको बिषयमा सोचिदिन आग्रह समेत गरेका छन् ।

दमक नगरपालिकाले गठन गरेको यातायात ब्यवस्थापन समिति, वडा कार्यालयहरु र ट्राफिक प्रहरीको समेत सक्रियतामा यातायात ब्यवस्थापनका लागि वान वे गर्ने निर्णय भएको थियो । यसको कार्यन्वयनमा भने चुनौती देखिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ब्यापारीहरुको एक समुहले आइतवार यस बिषयमा नगरपालिका उपप्रमुख सहित वडाध्यक्षहरुलाइ ध्यानकर्षण गराउदै यस बिषयमा पुर्नबिचार गर्न आग्रह गरेकाछन् । वडा नं. ६ का वडाध्यक्ष टेकबहादुर थापाले बजारलाइ ब्यवस्थित बनाउन र दुर्घटना रोक्न भएको प्रयासलाइ सकारत्मक लिन आग्रह गरे ।

ठुला सवारी साधनहरु समेत अहिले यस सडकमा कुदिरहेकाछन् । यसलाइ पुर्ण रुपमा बन्देज लगाउनु पर्ने माग समेत उठ्दै आएको छ । एकतर्फी सडक बनाउदा यसले बजारलाइ ब्यवस्थित हुने र दुर्घटनाको जोखिम कम हुने बताइने गरेको छ ।