दमक/ झापाको कमल गाँउपालिका वडा नं. ५ स्थित पाडाजुंगी चोकमा केहिबेर अघि बस दुर्घटना भएको छ ।  झापाको दमकस्थित ग्लोबल एजुकेशनल एकेडेमीको को १क २३९० नम्बरको बसले नाम नखुलेकी एक बृद्ध गम्भिर घाइते बनेको जनाईएको छ ।

उनको अस्वस्था चिन्ताजनक रहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक खगेन्द्र येक्तेनले बताए । उनका अनुसार घाइते नाम खुलेको छैन । घाइतेलाइ तत्काल दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका लागि ल्याईएको समेत जनाइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड