दमक, मंसिर २४/ झापाको दमक नगरपालिकाले आउदो माघ १४ गतेदेखि १८ गतेसम्म प्रादेशिक बृहत बालमहोत्सव आयोजना गर्ने भएको छ । यसको तयारी तिब्र रुपमा भइरहेको दमक नगरपालिका उपप्रमुख एववं महोत्सव मुल आयोजक समिति संयोजक गीता अधिकारीले बताएकीछन् ।

महोत्सवमा प्रदेश नं. १ का कम्तिमा पनि १ लाख बालबालिका तथा अभिभावक सहभागि हुने अपेक्षा रहेको उनले जनाइन् । महोत्सवबाट भएको आम्दानी जोखिममा रहेका बालबालिकाहरुको सहयोगार्थ कोष बनाइने पनि उपप्रमुख अधिकारीले जानकारी दिएकीछन् ।
महोत्सवका लागि करिब ६० लाख रुपिया खर्च हुने अनुमान गरिएको पनि सार्वजनिक गरिएको छ । यस क्षेत्रका बालबालिकाहरुको प्रतिभा प्रस्फोटन गराउनका लागि १० वटाभन्दा बिधामा बिभिन्न प्रतियोगीताहरु हुने समेत जनाईएको छ ।
दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले यो बर्ष बालमहोत्सब र अन्य बर्षहरुमा अन्य महोत्सवहरु गरिदै लैजाने बताए । उनले नगरपालिकाले महत्वका साथ यो महोत्सबलाइ लिएको समेत उनले जनाए ।
https://youtu.be/vUB2POeTUSw










