२३ मंसिर – प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गर्न खोजेको भन्दै अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ । विश्व मानवअधिकार दिवसको अवसरमा प्रधानमन्त्री निवास बालुवाटार अगाडि धर्ना दिन खोजेका अधिकारकर्मी कृष्ण पहाडी लगायतलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ अधिकारकर्मीलाई कमलादीमा राखिएको छ । निर्मला पन्तको बालात्कार र हत्या घटनामा दोषीको पहिचान हुन नसक्नु राज्यको अक्षमता लेखिएको व्यानर सहित उनीहरु बालुवाटार पुगेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मानव अधिकार तथा शान्ति समाजले आयोजना गरेको प्रदर्शनमा महिलामाथी हुने हिंसा र अत्याचार जघन्य अपराध भएको भन्दै रोक्न माग गरिएको थियो ।