दमक/दमकका निर्माण ब्यवसायी पशुपति बरालले सुरक्षाको माग गरेकाछन् । आफुमाथि ब्यवसायको बिषयमा नै आक्रमण भएको र धाँकधम्कि दिएको भन्दै इलाका प्रहरी कार्यालय दमकमा सुरक्षाको माग गर्दै निवेदन समेत दिएकाछन् ।

निर्माणाधीन दमकको क्याम्पसमोडदेखि आम्दा–पाङ्गमी चौंक सडक स्तरन्नतिको काम गरिरहेका बरालले आफुलाइ राजकुमार थापाले अभद्र ब्यवहार तथा गालीगलौज गरेको पत्रकार सम्मेलन गरेर आरोप लगाए । उनले आफु असुरक्षित रहेको समेत जनाए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

https://www.facebook.com/sawalnepaldigital/videos/456141381456656/?t=0

बरालले सडक निर्माणको काम समेत रोकेकाछन् । नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश सदस्य समेत रहेका व्यवसायी वरालले सुरक्षाको ग्यारेन्टि भएमा काम नरोक्ने जनाएकाछन् ।

थापाको मोवायल अफ रहेको छ । उनका निकटस्थका अनुसार ठेक्कापट्टाको बिषयमा नै सामान्य बिबाद भएको हो । सानो घटनालाइ ठुलो बनाइएको भन्दै मिलाउनलागि प्रयास भइरहेको थापा निकस्थहरुको भनाइ छ ।

यद्यपी बरालले भने कानूनी कार्वाहीमा जानु पर्ने जनाउदै आफुले गल्ति गरेको भए कार्वाही भोग्न तयार रहेको जनाए । म अन्यायमा परेको छु, मैले न्याय पाउनु पर्छ, बरालले पत्रकार सम्मेलनमा भने ।