विष्णुप्रसाद पोखरेल
दमक/नाटकीय रुपमा भारतबाट अपहरण गरी नेपालमा ल्याइएका एक ७ बर्षिय बालकको दमकमा उद्धार गरिएको छ । घटनाको ५ दिनपछि मंगलवार बालकको सकुशल उद्धार भएको हो ।
भारत विहार सुपोल जिल्ला किसनपुर बस्ने मोहमद सदामका छोरा ७ वर्षिय मैफुज आलमलाई मावल घरमा खेल्दाखेल्दै आगनबाट अपहरण गरिएको थियो । घटनाको ५ दिनपछि नेपाल प्रहरी र भारतीय प्रहरीको संयुक्त टोलीले दमकको देउराली होटलको १०७ नम्बर कोठाबाट बालकलाइ सकुशल उद्धार गरेको हो ।
सोमबार बेलुका भारतबाट आएको प्रहरी टोलीले शंकाश्पद ठाँउहरुमा खोजतलास गरेको थियो । पीडितका आफन्त सहित आएको प्रहरीले अपहरणमा संलग्नहरुको पहिचान गरेपछि गौरीगन्ज गएको जनाईन्छ ।
घटनामा संलग्न रहेको आरोपमा गौरीगन्ज गाँउपालिका वार्ड नं ६ का बद्री यादव, वार्ड नं ४ का विट्टु भनिने श्री प्रसाद गोडी र उनकी श्रीमती अन्जु मुखिया पक्राउ परेको प्रहरी श्रोतको भनाइ छ ।
अपहरित बालकको मामालाइ +9779816364909 नम्बरको मोवाईलबाट फोन सम्पर्क गरी यदी तपाईलाई बच्चा चाहीएको छ भने भा.रु.पन्ध्र लाख जम्मा गर्नुहोस, बच्चा मेरो साथमा छ, २४ घंण्टा पछि म फेरी फोन गर्छु यदी प्रहरीलाई खबर गर्यौ भने बच्चाको ज्यान खतरामा छ भनि धम्काएको समेत पाईएको छ ।
त्यसपछि भोलीपल्ट बिहान फेरी प्रहरी कार्यालयमा गई के कसो गर्ने भनि बसिरहेको बेला सोही नम्बरबाट के कुन अपरीचित मानिसले भाईको ससुराको मोहमद मुस्तकिनको 9955727269 नं. मा फोन गरी तिमीहरु प्रहरी कार्यालयमा किन गयौ ? यसरी कमप्लेन गर्यौ भने बच्चालाई मारीदिन्छौं भनि थर्काएको पनि पीडित परिवारले जाहेरी दिने क्रममा खुलाएकाछन् ।
करीया भन्ने व्यक्तिले बालकलाइ तिम्रो आन्टीको घर पुर्याई दिन्छु हिँड भनि लिई गई अलि पर भतिजोको मामा नाताको मानिस मोहमद दिलसादको मोटरसाईकलमा बिचमा राखी भारतको प्रतापगंञ्ज सम्म लगी फेरी त्याहाँ एक जना नचिनेको मानिस आई विट्टु भनिने श्री प्रसाद गोडीले आन्टीकोमा पुर्याई दिने भनि निजको साथ लगाई फर्की गएको र ति अपरीचित मानिसले पनि मोटरसाईकलको बिचमा राखी ल्याएर घरमा ३ दिन जती राखी ज्याकेट जुत्ता किनि दिई श्रीमती अञ्जुदेवी मुखियासंग दमकको होटल देउरालीमा राखेको पीडितका काकाले दिएको जाहेरीमा उल्लेख रहेको बताइन्छ ।
https://youtu.be/QHGsUvF-hM4









