दमक/भारतबाट अपहरण गरी ७ बर्षिय बालक नेपाल ल्याएर एक होटलमा बन्धक बनाएको र त्यसको उद्धार गरिएको बिषयमा जिल्ला प्रहरी कार्यालय झापाले पत्रकार सम्मेलनमा बितरण गरेको घटना विवरण यस्तो छ ।

 मिति २०७५।८।२० गते भारत देश बिहार राज्य सुपोल जिल्ला, किसनपुर थाना, चोहट्टा पञ्चायत ठाढीधता वडा नं. २ पोष्ट मौजाहा (८५२१३१) बस्ने मोहमद सद्दामको ससुराली घर ऐ. स्थित राघोपुर थाना देवानगञ्ज वडा नं. २ स्थितबाट यकिन नामथर वतन थाहा नभएका वर्ष अं. १८/२० का २ जना पुरुष मानिसले मोहमद सद्दामको छोरा वर्ष ७ को महफुज आलमलाई खेलीरहेको अवस्थामा फकाई फुलाई बिष्कुट दिई मोटरसाईकलमा राखी अपहरण गरेको ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अपहरण पश्‍चात बालकलाई नेपालको झापा जिल्ला गौरिगञ्‍ज भवानीपुर भन्‍ने स्थानबाट नेपाल तर्फ लगेको र बालकको बुबासँग भारु १५,००,०००।- ( भा.रु.पन्ध्र लाख) फिरौती रकम माग गरेको । फिरौती नदिएमा वा यो बिषयलाई प्रहरीमा खबर गरेमा बालकलाई मारि दिने धम्की दिएको भन्‍ने सूचता जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भिम प्रसाद ढकाललाई मिति २०७५-०८-२४ गते साँझको १६:०० बजे प्राप्‍त भएको ।

https://www.youtube.com/watch?v=QHGsUvF-hM4&feature=youtu.be&fbclid=IwAR3ta9pdLy8-NJNgFjF1FO8gud33Ss_ZSiRwRFO-ronP6Bq8PIMOteS7Epk

 उक्त सूचना प्राप्‍त भए पश्‍चात अपहरणकारीले निज ७ बर्षिय बालकलाई अपहरण गरी दमक वा गौरिगञ्‍जमा लुकाई राखेको हुन सक्ने भएकोले जिल्ला प्रहरी कार्यालय प्रमुखबाट उक्त दमक र गौरिगञ्‍ज क्षेत्रमा ईलाका प्रहरी कार्यालय दमकका प्र.ना.उ. श्यामल सुब्बा र ईलाका प्रहरी कार्यालय गौरिगञ्‍जका प्र.नि. टेकेन्द्र शर्मा पौडेलको कमाण्डमा व्यापक रुपमा प्रहरी परिचालन गरिएको । रातभर दमक गौरिगञ्‍ज क्षेत्रका नाकाहरुमा चेकजाँच गरेको साथै होटल लजहरुमा ब्यापक निग्रानी र तलासी गरिएको ।

 यसै बिच भोलिपल्ट मंसिर २५ गते बिहान ४ बजेको समयमा जिल्ला झापा गौरिगञ्‍ज गाउपालिका वडा नं. ६ खजुरगाछी बस्ने वर्ष ४७ को बद्री यादवलाई गौरिगञ्‍जको गौरिगञ्‍ज चोकबाटबाट र ऐ.ऐ. बस्ने वर्ष ३१ को बिटु भन्ने श्री प्रसाद मुखियालाई गौरिगञ्‍ज गाउपालिका वडा नम्बर ४ कदमगाछी स्थित निजकै घरबाट नियन्त्रणमा लिईएको । तत् पश्‍चात निजहरुलाई सोधपुछ तथा थप अनुसन्धान गर्दा हामीहरुले बालकलाई जिल्ला झापा दमक नगरपालिका वडा नम्बर ५ गोर्खाली टोल स्थित देउराली होटलको कोठा नं. १०७ मा बन्धक बनाई राखेको र उक्त स्थानमा जिल्ला झापा गौरीगञ्ज गा.पा. वडा नं. ४ बस्ने वर्ष २७ कि अञ्जुदेवी मुखिया समेत रहेकि छन् भन्ने खुल्न आएको ।

 तत् पश्‍चात ईलाका प्रहरी कार्यालय दमक झापाबाट प्रहरी टोलीले उक्त होटलमा तलासी लिई निज बालकलाई सकुशल उद्धार गरी अपहरणकारी जिल्ला झापा गौरीगञ्ज गा.पा. वडा नं. ४ बस्ने वर्ष २७ कि अञ्जुदेवी मुखियालाई समेत नियन्त्रणमा लिई नियन्त्रणमा लिएका ३ जनालाई नै अपहरण तथा शरीर बन्धक मुद्धामा सम्मानित झापा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन?धान गर्ने कार्य भई रहेको ।

https://www.youtube.com/watch?v=QHGsUvF-hM4&feature=youtu.be&fbclid=IwAR3ta9pdLy8-NJNgFjF1FO8gud33Ss_ZSiRwRFO-ronP6Bq8PIMOteS7Epk