दमक/देश पुर्नसंरचना गएपछि बिभिन्न योजना तथा परियोजनाहरुको बिषयमा अन्योल सिर्जना भइरहेको समयमा दमकका राजनीतिकका अगुवा गगन पुरी सहित नगरपालिकाका जनप्रतिनिधिहरु प्रदेश नं. १ को आर्थिक मामिला तथा योजनामन्त्री समक्ष पुगेकाछन् ।
झापाको दमकमा अति महत्व राख्ने रणनीतिक सडकहरुलाई बहुबर्सिय योजनाको रुपमा स्वीकृतिका लागि आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्गबो (मौसम) समक्ष अनुरोध गरिएको पुरीले बताए। सो अवसरमा मन्त्री आङ्गबोले मागलाइ सकारत्मक रुपमा लिएको जनाउदै बिकास निर्माणको कामहरुमा अन्योलता सिर्जना नहुने बताएका थिए ।
वडाध्यक्षहरु बोधराज न्यौपाने,पशुपति बराल, इन्द्र गुरुगं, वडासदस्य समिन रिजाल, नेकपाका प्रदेश सदस्य बिरेन्द्र बस्नेत लगायतको सहभागिता रहेको थियो ।










