विष्णुप्रसाद पोखरेल दमक/मारवाडि महिलाहरुलाइ घरबाहिर आउन र सार्वजनिक जीबनमा त्यति धेरै सहज छैन । पढाइभन्दा पनि ब्यपार ब्यवसायमा नै बढि ध्यान दिएको समेत पाइन्छ । यद्यपी पछिल्लो समयमा भने यो सोचाइ परिवर्तन हुदै गएको छ ।
झापा दमक बहुमुखि क्याम्पसबाट एम.बी.एसमा मोेरंग उर्लाबारीकी दुर्गा अग्रवालले नेपाल टप गरेकीछन् । उनले एम.बी.एसमा सबैभन्दा बढि अंक ल्याएर नेपाल टप गरेकीहुन् । अहिले उनलाइ बधाइको ओइरो लाग्न थालेको छ । उनले भनिन्, पहिला आफ्ना सर्कललेमात्र चिन्छन्, अहिले त सबैले चिन्न थाल्न खुसि लागेको छ ।
उनका ७ जना दिदी बहिनी रहेकाछन् । एकजना दाजु । शुरुवातमा त उनको पढाइ राम्रो थिएन । उच्च माबिपछि उनको पढाइ सुध्रिएको हो । उनि भन्छिन्, शुरुमा त खासै मेरो पढाइ राम्रो थिएन । उनि अहिले युनिक कलेजमा पढाउछिन् । सरकारी जागिर खाने रहर पनि छ उनमा । उर्लाबारी तथा दमक आसपासमा राम्रो जागिर पाए जागिर खाने सोचमा छिन् ।
यहासम्म आइपुग्न उनलाइ परिवारले पनि राम्रो साथ र सहयोग दिएको छ । परिवारको उर्लाबारी बजारमा कपडा पसल रहेको छ । विवाहको कुरा पनि चल्थ्यो तर मेरो पढाइलाइ नै परिवारले प्राथमिकता दिनु भयो, उनले भनिन् ।
उनले दमक क्याम्पस र प्राध्यापकको पनि राम्रो सहयोग पाएको बताइन् । यसमा प्राध्यापकहरुको पनि योगदान रहेको भन्न छाडिनन् । उनले कक्षाकोठामा राम्ररी बुझेर पढ्न सुझाव दिइन् । उनले आफुले ट्युशन क्लास नदिएको समेत बताइन् । हेर्नुहोस उनको भिडियो










