दमक/झापाको दमक नगरपालिकाका कर्मचारीहरुले आफुहरुको माग पुरा नभए कडा आन्दोलनमा उत्रने चेतावनी दिएकाछन् । स्थानीय तहमा कार्यरत स्थायी , अस्थाइ तथा करारमा कार्यरत कर्मचारीहरुले नीजामती कर्मचारी र आफुहरुमा बिवेद गरेको जनाउदै आन्दोलनका कार्यक्रमहरु समेत घोषणा गरेकाछन् ।
स्थानीय तह ट्रेड युनियन संयुक्त आन्दोलन परिचालन समिति दमक नगरपालिकाका संयोजक अनन्त सेनाहांगले साविक स्थानीय निकाय र हाल स्थानीय तह लामो समयसम्म जनप्रतिनिधि विहीन हुँदा राज्यले अघि सारेका हरेक नीति नियमलाइ प्रभावकारी ढंगले कार्यन्वयन गरेको स्मरण गर्दै अहिले त्यो विर्सेर कर्मचारी समायोजन अध्यादेश, २०७५ मा बिभेद गरेको बताए ।
साविक स्थानीय नियकाका श्रेणी विहिन कर्मचारीको स्तरबृद्धि साथै तहको बढुवा लगायतका बृति विकास तत्काल लागु गर्नु पर्ने, कर्मचारी समायोजनक अध्यादेश २०७५ दफा ७ उपदफा ४ बमोजिम स्थानीय सेवामा समायोजन हुने सबै कर्मचारीहरुलाइइ समान ब्यवहार गर्न साविक स्थानीय निकायका कर्मचारीको समकक्षता निर्धारण गरी समायोजन गर्न माग अघि सारएको छ ।
यि माग राख्दै मंगलवार आँशिक र बुधबारदेखि स्थानीय निकायमा कामकाज ठप्प पार्ने दमकमा पत्रकार सम्मेलन गरेर जानकारी गराइएको थियो । साविक स्थानीय निकाय अन्र्तगत दमकमा स्थायी ४१ र करारमा ४५ जना कर्मचारीहरु रहेकाछन् ।









