विष्णुप्रसाद पोखरेल दमक। दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली अन्र्तराष्ट्रिय शरणार्थी सम्बन्धी स्वीजरल्याण्डको जेनेभामा हुने बैठकमा सहभागि हुनका लागि त्यसतर्फ लाग्नु भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट अनुमति लिइ ओली आइतवारदेखि विहिबारसम्म हुने कार्यक्रममा शरणार्थी प्रभावितक्षेत्र दमक नगरपालिकाबाट जानु भएको हो ।

यूएनएचसीआरको आयोजना र खर्च व्यवस्थापनमा ओली त्यसतर्फ जानु भएको हो, नगरपालिका श्रोतले बताएको छ । अढाइदशकअघि देखि झापाको बेलडाँगी शरणार्थी शिविरमा भुटानी शरणार्थीहरु बस्दै आएकाछन् । पछिल्लो समयमा शरणार्थीहरुको स्थानीयकरणको बिषयमा बहस भइरहेका बेला ओली शरणार्थी सम्बन्धि कार्यक्रममा सहभागिता जनाउदै हुनुहुन्छ । उहाँले यहाँका शरणार्थीहरुको बर्तमान अववस्था र यहाँको समस्या एवं सामधानको बिषय कुरा उठाउने बताईएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेपालको तर्फबाट नै नगरप्रमुख ओलीले यस बैठकमा सहभागिता जनाउनै भन्दै भुटानी शरणार्थीहरुले आफ्ना मागहरुलाइ राखिदिनका लागि आग्रह गरेकाछन् । शिविर सचिवव टीकाराम रसाइलीले नगर प्रमुख ओलीलाइ ज्ञापनपत्र बुझाउदै इच्छुक शरणार्थीका लागि तत्काल स सम्मान स्वदेश फिर्तिको ढोका खुल्नु पर्ने, पारिवारीक मिलनका लागि तेस्रो मुलक जान इच्छा राख्नेलाइ पुन एकपटक दातृ निकाय मार्फत तेस्रोदेश पुर्नबास प्रक्रीया खोलिनु पर्ने माग अघि सारिएको छ ।

यसैगरी दर्ता नभएका भुटानी शरणार्थीहरुको पहिचान गरी वास्तविक भुटानीलाइ शरणार्थी परिचायपत्र दिलाउने ब्यवस्था गर्नुपर्ने, इच्छा हुनेलाइ स्थानीयकरण प्रक्रियामा आवश्यक कानून निर्माण गरी खुला गरिनु पर्ने र समस्या सामधान हुन नसकेमा यस मुद्धालाइ अन्तराष्ट्रियकरण गरिनु पर्ने माग त्यहाँ उठाउन सचिव बराइलीले अनुरोध गर्नु भएको छ ।