दमक/ दमक प्रज्ञा प्रतिष्ठानको अध्यक्षमा लामो समयदेखि साहित्य र प्राध्यापकन पेशामा रहनु भएका प्राज्ञीक ब्याक्तित्व हेम अधिकारी नियुक्त हुनु भएको छ । दमक नगरपालिकाको बोर्ड बैठकले धिकारीलाइ नियुक्त गरेको हो ।

दमकमा साहित्य, कला र संगीतको क्षेत्रमा क्रियाशील रहेका ब्याक्तिहरुलाइ सदस्य नियुक्त गरिएको छ । उपाध्यक्षमा जीबन गुरुङ, सचिबमा बिष्णु न्यौपाने, सदस्यहरुमा धनञ्जय बास्कोटा, शंकर चापागाइ, मछिन्द्र राइ, डिकेश लामा, कमला खनाल र बाला भट्टराइ नियुक्ती हुनु भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नवनियुक्त अध्यक्ष अधिकारीको अध्यक्षतामा र नगर प्रमुख रोमनाथ ओलीको बिशेष उपस्थितिमा पहिलो बैठक समेत बसेको बताइन्छ । यसले दमकको साहित्य, कला र संगीतको विकासका लागि काम गर्ने जनाईएको छ ।