दमक/अहिले पूर्व महोत्सवमय बनेको छ । बिभिन्न ठाँउमा बिभिन्न प्रकारका महोत्सवहरु भइरहेकाछन् । यसबैक्रममा एउटा फरक महोत्सव लखनपुरमा आयोजना शुरु भएको छ । उज्यालो बाल क्लवको आयोजनमा लखनपुर १ को आदिबासी रंगशालामा प्रथम राष्ट्रिय बाल महोत्सव शुरु भएको हो । महोत्सव फरक रुपमा उद्घाटन गरिएको छ । महोत्सव कार्यक्रम उद्घाटन शिक्षा मन्त्री धनिराम पौड्यालले गरे । उनले बिद्यार्थीले बनाएको रकेट उडाएर महोत्सवको उद्घाटन गरेका हुन् । शशस्त्र प्रहरी बल पाथिभरा गण लखनपुरको सामुन्ने भएको कार्यक्रमा मन्त्री पौड्यालले स्वीच दबाएपछि रकेट केहि पर गएर भूइमा झरेको थियो । शसस्त्र क्याम्प अगाडि महोत्सव स्थलमा यसरी रकेट उड्दा आफै क्षेत्रका बिद्यार्थी र बालबालिकामा पनि प्रतिभा रहेछ भन्ने प्रमाणित भएको बताईएको छ । मन्त्री सहित आयोजकका केहि ब्याक्तिको कपडामा हिलो लागेको थियो । रकेट उड्दा सबैले तालि पिटेका थिए । ५ दिनसम्म चल्ने महोत्सवमा रकेट बनाउने र त्यसलाइ उडाउने प्रतियोगिता नै हुने बताईएको छ । आयोजक समितिका संयोजक सन्तोष भण्डारीका अनुसार महोत्सव स्थलमा रकेट निर्माण र उडाउने तरिका यहाँ बिद्यार्थी तथा बालबालिकाले सिक्न पाउनेछन् । भब्य रुपमा महोत्सव शुरु भएको छ । बिज्ञान प्रदर्शनी यहाँको प्रमुख आकर्षण बन्न शुरु गरेको छ । यसका साथै सास्कृतीक कार्यक्रम र बिभिन्न बौद्धिक ब्याक्तिहरुको उत्प्रेरणात्मक भाषण पनि यहाँ आकर्षण हुनेछन् । स्टलहरु थामिनसक्नु भिड रहेको बिद्यार्थी तथा बालबालिका उत्साहित भएर आएको आयोजक क्लवकी अध्यक्ष टेलिना खनालले जानकारी दिइन् । उनले महोत्सवमा सहभागिता जनाउन र सम्पूर्ण बिद्यार्थी तथा बालबालिकाहरुलाई ल्याइदिन आग्रह गरेकीछन् ।
लखनपुरको शशस्त्र प्रहरी क्याम्प अगाडि रकेट झर्यो
सवाल नेपालसंवाददातामंगलबार, २३ माघ २०७३

लखनपुरको शशस्त्र प्रहरी क्याम्प अगाडि रकेट झर्यो
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



