काठमाडौ, ४ पुस । राजधानीको चक्रपथमा बन्ने मोनोरेल निर्माणको जिम्मा चिनियाँ कम्पनी सीआरसीसीलाई नै दिइएको छ । सोही कम्पनीले मोनोरेलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अध्ययन गरेको थियो ।

बुधबार भएको सम्झौतापत्रमा काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन र चिनियाँ कम्पनीका झु वान बिले हस्ताक्षर गरेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

काठमाडौं र ललितपुर महानगरपालिकाले मंगलबार सीआरसीसीलाई नै डीपीआर बनाउन दिने निर्णय गरेका थिए । उक्त चिनियाँ कम्पनीले यसअघि प्रारम्भिक अध्ययन गरी चक्रपथमा मोनोरेल निर्माण गर्न सकिने प्रतिवेदन सार्वजनिक गरेको थियो ।

मोनोरेल निर्माणका लागि एक खर्ब १६ अर्ब लागत लाग्ने काठमाडौं महानगर पालिका पूर्वाधार विकास विभागले जनाएको छ । आयोजनाको डीपीआर निर्माणका लागि ६ महिना लाग्नेछ । त्यसको तीन वर्षपछि मोनोरेलको काम सम्पन्न हुने बताइएको छ ।

बढ्दो यातायातको साधनलाई ध्यान दिँदै काठमाडौं र ललितपुर महानगरले २७ किलोमिटर चक्रपथमा मोनोरेल बनाउने निर्णय गरेका थिए ।