दमक/झापाको दमकमा हुन लागेको बृहत बालमहोत्सवको लोगो तयारी भएको छ । दमक नगरपालिका आफैको आयोजनामा हुन लागेको महोत्सवलाइ भब्य बनाउनका लागि दर्जनभन्दा बढि उप समितिहरुले निरन्तर काम गरिरहेकाछन् ।

बालबालिकाहरुमा भएको बिभिन्न प्रकारका प्रतिभाको प्रस्फोटन दमकको पहिचान बढवासंगै अप्ठेरामा परेका बालबालिकाहरुका लागि सहयोग जुटाउनका लागि महोत्सव आयोजना गर्न लागिएको जनाईएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आँउदो माघ १४ गतेदेखि शुरु हुने महोत्सव सरस्वती माबिको खेलमैदानमा हुने छ । करिब १ लाख मानिसहरु महोत्सवमा आउने अपेक्षा रहेको महोत्सव मुल आयोजक समिति संयोजक गीता अधिकारीले बताएकीछन् ।