दमक/ झापाको दमकमा लायन्स क्लव अफ दमक स्वीट सिटी र इलाका ट्राफिक प्रहरी कार्यालय दमकको आयोजनामा बृहत सचेतना र्याली निकालिएको छ । बिद्यार्थीहरुलाइ समेत ट्राफिक सचेतना दिने उदेश्यले उनिहरुको समेत सहभागितामा बिहिबार बिहान बृहत र्याली निकालिएको इलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख दधिराम दाहालले बताए ।

दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले उद्घाटन गरेको र्यालीमा इलाका प्रहरी कार्यालय दमकका प्रमुख श्यामल सुब्बा लगायतले बोलेका थिए । स्वीटसिटीका संस्थापक अध्यक्ष विश्वासकुमार काश्यपले बढ्दो दुर्घटना न्यूनिकरणका लागि लायन्सले पनि सचेतना कार्यक्रम शुरु गरेको जनाए ।

बिभिन्न प्रकारका प्लेकार्ड सहितको सचेतना र्याली दमकको आकाशेपुलबाट शुरु भएर दमक चोक परिक्रमा गरी क्याम्पसमोड पुगेर सकिएको थियो । र्यालीमा लायन्स अगुवा तथा लायन्सकर्मीहरु र बिद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।












