दमक/ झापा दमक २ का बासिन्दाहरु गयराती हात्तीबाट पीडित भएकाछन् । राती ११ बजे हात्ती बस्तिमा पसेपछि स्थानीयहरु त्रसित भएका थिए । स्थानीय सुमनसिंह पौड्यालको घर हात्तीले भत्काएको छ । घरको गाहे भत्किएको पौड्यालले बताएकाछन् । पौड्यालका बुबाआमा घरमा रहेका थिए ।
मध्यराती आएको हात्तीको समुहलाइ स्थानीयले जंगलतर्फ नै धपाएको जनाईएको छ । यस क्षेत्रमा प्रत्येक दिनजसो जंगली हात्तीहरु आएर स्थानीयलाइ दुख दिदै आएकाछन् । हात्तीहरु नजिकै रहेको हम्सेदुम्से बनमा भएकाले स्थानीयहरु अहिले पनि त्रसित रहेको जनाइन्छ ।










