काठमाडौं, पुष ६ । नेपाल आइडल सिजन २ को फिनाले शुरु हुन केही समय बाँकि रहेकसँगै प्रतिस्पर्धीले भोटका लागि अन्तिम आग्रह गरेका छन् । उनीहरुले भोट गर्ने समय सकिनै लागेकाले यस्तो आग्रह गरेका हुन् ।
रवि ओडले अन्तिम पटक फेसबुकमा स्टाटस लेख्दे भनेका छन्, ‘कृपया अब धेरै समय छैन, सबैले भोट गरिदिनु होला हैं ?’ यस्तै, आइडलका अर्का प्रतिस्पर्धी बिक्रम बरालले फेसबुक पेजमा लेखेका छन्, ‘नेपाल आईडल मेरो लागि मन्दिर हो ।
नेपाल आईडल अनि मेरा साथीहरुलाई सधै माया गरिदिनु हुनेछ भन्ने बिश्वास लिएको छु । मेरो चाहाना पनि यहि हुनेछ अब पनि केही समय बाँकि छ अन्तिम समयसम्म पनि मेरो लागि भोट अनि प्रथाना गरिदिनु हुनेछ भन्ने आश लिएको छु ।’
त्यस्तै, आइडलकी अर्की अस्मिता अधिकारीले भनेकी छन्, ‘पुल्चोक ईन्जिनियरिङ क्याम्पस ग्राउन्डमा उपस्थित भएर हामीसँगै रमाउन, गाउन, नाच्न अनि हामी सबैको हौसला बढाउनको लागि पनि सबैमा अनुरोध गर्दछु पनि गर्दछु । अन्तिम पटक भोट पनि गर्नु हैं ?’
आइडलका अर्का प्रतिस्पर्धी समित पाठकले पनि अन्तिम पटक सबैले भोट गरिदिन आग्रह गरेका छन् । यो पटकको आइडलको ‘फिनाले’ ललितपुर स्थित नेपाल इन्जिनियरिङ क्याम्पस पुल्चोकमा हुँदैछ ।
सयौं प्रतिस्पर्धीबाट ‘टप फोर’ मा पुगेका ४ प्रतिस्पर्धीमध्येबाट एकजना नेपाल आइडल घोषित हुने छन् । आइडलको फाइनलमा रवि ओड, बिक्रम बराल, सुमित पाठक र अस्मिता अधिकारी पुगेका छन् । उनीहरु मध्येबाट एक प्रतिस्पर्धी ‘दोस्रो नेपाल आइडल’ बन्ने छ ।
को बन्ला त यो पटकको आइडल ? आज यो प्रश्नको जवाफ भेटिने छ । एक हप्ताको अवधीमा जो प्रतिस्पर्धीले सर्वाधिक भोट पाएको छ उनै आइडल घोषित हुने छन् ।
‘फिनाले’ आज साँझ पाँच बजेबाट सुरु हुने छ । ‘मन जित्छ उसले, सुमधर गाउँछ जसले’ भन्ने ट्यागलाइनका साथ सुरु भएको नेपाल आइडलको दोस्रो संस्करण विजेताले २० लाख रुपैयाँ, एउटा होन्डा डब्लूआर–भी कार, एउटा एल्बमको सम्झौता र विश्वभ्रमण अथवा ५० लाख रुपैयाँ नगद, एउटा एल्बमको सम्झौता र विश्व भ्रमणमध्ये एक छनोट गर्न पाउनेछन्।
साउन २४ गतेबाट सुरु भएको नेपाल आइडलको दोस्रो संस्करणका प्रोजेक्ट हेड सुरेश पौडेल तथा निर्देशक एलिन श्रेष्ठ र लोकेश वज्राचार्य हुन्। निर्णायकका रूपमा न्ह्यू वज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बाँस्कोटा छन्। सोलाई रीमा विश्वकर्मा र आसिफ शाहले होस्ट गर्दै आएका छन्।










