महेन्द्रनगर । सांगितिक रियालिटी शो नेपाल आइडल सिजन–२ को विजेता कञ्चनपुरका रवि ओड बनेका छन् ।

नेपाल आइडल बिजेता रविले २२ लाख नगद सहित गोल्डेन माइक पाएका छन् । आइडलको फस्ट रनरअप बिक्रम बराल बने । बरालले २० लाखको चेक पाएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सेकेण्ड रनरअप सुमित पाठक भए । सुमितले १२ लाख बराबरको चेक र ट्रफी पाएका छन् । थड रनरअप अर्थात् चौथो अस्मिता अधिकारी भइन् । उनले होन्डाको स्कुटर पाएकी छन् । सिजन २ की एकमात्र नारी अस्मिता फाइनलमा पुगेकी थिइन् ।

को हुन् त रबि ? कन्चनपुरको कृष्णपुर नगरपालिका गुलरियाका ओड आर्थिक रुपमा कमजोर परिवारमा जन्मेका बहुप्रतिभाशाली युवा हुन् । बुवा राजेन्द्र ओड र आमा उमा ओडको कोखबाट २०५४ साल जन्मिएका रवि आमा बुवाको दोस्रो सन्तान हुन् । लोटस आई स्कुलमा १२ मा अध्यनरत रविलाई संगीतको नशाले वच्चैदेखि तानेको थियो । सानै उमेरदेखि गीत गाउने कला भएका उनको कलाको तारिफ हुन थालेपछि उनलाई यो क्षेत्रले अझ तानेको हो । आफ्ना बाज्यले गाउने मौलिक र देउडा गीतहरुको प्रभावले उनलाई यसको मोहले तानेको हो ।

वि.सं.२०५४ सालमा कञ्चनपुरको कृष्णपुर नगरपालिका गुलरियामा जन्मिएका रविको पुख्र्यौली घर अछामको बुढाकोट हो । पहाडको पखेरोले जिन्दगी धान्न कठिन भएपछि उनीहरु मधेशतिर बसाइँ सरे । हजुरबुवा, बुवा–आमासहित उनको परिवार त्यहि बस्थे । पछि तराईमा काम गर्न पाइन्छ र सजिलै जिन्दगी धान्न सकिन्छ होला भनेर तराई छिरेको रविको परिवार कञ्चनपुरको कृष्णपुर नगरपालिकाको गुलरियामा सानो घर बनाएर बसे ।

घरको आर्थिक अवस्था कमजोर हुँदा रविका हजुरबुवा र बुवा कामको खोजीमा भारत हानिए । सामान्य घरपरिवारका रविका बाबु अहिले पनि भारतमै चौकीदारको काम गर्छन् । चौकीदार गरेर कमाएको मासिक आम्दानीले रविको परिवार पालिनथ्यो । सानै उमेरदेखि गायन क्षेत्रमा सौखिन रहेका रवि मात्र एक पात्र थिए । तर आज उनलाई बिश्वले चिन्ने भएको छ । रवि ओड नाम आज सबैकोे मुख–मुखमा झुन्डिएको छ । ‘नेपाल आइडल सिजन २’ मा सहभागिता जनाएपछि रविको परिचय नै फेरिएको छ । ‘सुदूरपश्चिम’ प्रदेशबाट ‘नेपाल आइडल सिजन २’ मा प्रतिनिधित्व गरेका रविलाई नेपाल आइडल हुन्छ भनेर सोचेकासम्म थिएनन् । सामान्य घरपरिवार, आर्थिक अवस्था कमजोर हुँदा रवि कामको खोजीमा भारत पनि गए । रवि १२ वर्षको उमेरमा बुवासँगै भारत गएका थिए । त्यहाँ उनले कैयन दुख गरे । तर उनको यो दुख बुुवाले देख्न सकेनन् । अनि उनी नेपाल फर्किए । ‘जति दुख गर्नु छ, म गर्छु, तँ घर फर्केर पढाई गर’ भनेको अहिले पनि सम्झिन्छन्, रवि । त्यो सपना आज साकार पारेका छन् रविले ।

नेपाल आइडलको यात्रा सानै उमेरको हुँदादेखि नै रवि गीत, संगीतमा निकै रुचि राख्थे । विद्यालय पढ्ने बेला, विद्यालयमा हुने कार्यक्रममा उनी आफ्नो लागि समय मागेर गीत सुनाइ हाल्थे । रविको गीत सबैलाई मन प-थ्यो । उनलाई सबैले भोली गएर ठुलो गायक बन्छ पनि भन्थे । घरको आर्थिक अवस्था कमजोर भएकाले रविले धनगढीमा रहेको पश्चिम सेती दोहोरी साँझमा गीत गाउन थाले । दोहोरी साझँको यात्रा ३ महिना मात्रै चल्यो र पछि दोहोरी साँझ नै बन्द भयो । त्यसपछि उनले मध्यपश्चिमका पहाडी जिल्लाहरुमा विभिन्न प्रस्तुती दिँदै आफ्नो सांगीतिक यात्रा तय गर्न थाले । गीत गाउने प्रेरणा हजुरबुवाबाट पाएको रवि सुनाउँछन् । रविका हजुरवुवा पनि गीत गुन्गुनाउने गर्थे । उनी स्थानीय देउडा गाउने गर्थेे । यही क्रममा रविले पनि बिस्तारै गुनगुनाउन सुरु गरे । पछि गएर रविमा गीत संगीतको नशा चढ्दै गयो । बिस्तारै–बिस्तारै रवि भित्रको गायन कला निख्रिन थाल्यो । र नेपाल आइडलको मञ्च पाए । रविको त्यो अडिसनको दिन ‘नेपाल आइडल सिजन २’ को पहिलो पटक धनगढिमा पनि अडिसन हुँदैछ भन्ने सूचना रविले साथीहरुबाट सुने । त्यसपछि नेपाल आइडलको ‘स्टेज’मा गीत गाउन उनले पनि आइडलमा सहभागिता जनाए । रवि जस्ता धेरैले सुदूरपश्चिमको धनगढी अडिसनबाट सहभागिता जनाए र केहि छनोटमा पनि परे । जसमध्ये रवि पनि एक हुन् । “अब जाउँला रेलमा, माया तिम्रो साथैमा” बोलको कमल खत्रीको आवाजमा रहेको गीत रविले प्रस्तुत गरे । तीनै जना जजहरुलाई रविको स्वर मन प-यो, अनि उनी काठमाडौँ पुगे । आइडलले दिएको परिचय नेपाल आइडलमा सहभागीता जनाएपछि रविको परिचय नै फेरियो । ‘नेपाल आइडल सिजन २’ को ‘टप ४’ मा पुगेसंगै रविले नेपाली गीत, संगीत सुन्नेहरुबीचमा राम्रो परिचय बनाए । ‘नेपाल आइडल २’ सञ्चालन हुनु भन्दा अगाडि थोरैले सुनेको रवि ओडको नाम आइडल चलिरहँदा धेरैको मुख–मुखमा झुुन्डिएको थियो । नेपाल आइडलमा सहभागिता जनाएपछि दुई पटक गृह जिल्ला पुगेका रविलाई उनका समर्थकहरुले धनगढी, अत्तरिया लगायतका धेरै स्थानमा भव्य स्वागत गरेका थिए । रविलाई महेन्द्रनगर र धनगढीमा सम्मानका साथै बजारमा परिक्रममा गरियो । यो सबै नेपाल आइडलको उपज भएको रवि मान्दछन् । अडिसनको सुरुवातदेखि नै अब्बल प्रस्तुती दिइरहेका रविले सांगीतिक क्षेत्रमा आफ्नो तेजिलो चमक देखाएका थिए । प्रदेश सातका एक्ला प्रतिस्पर्धी रविको अब्बल चमकले उनको नेपाली संगीतमा स्थापित हुने अवस्था वलियो वन्दै गएको थियो ।

पुख्यौली घर साविकको अछाम बुढाकोट गाविस र हाल साँफेबगर नगरपालिकामा रहेपनि उनी अहिलेसम्म अछाम पुगेका छैनन् । तर उनी कामका लागि भारत भने पसेका छन् । भारतमा काम गरिरहेका वुवासँग उनले गएर केही समय काम पनि गरे । केही समय काम गरेपछि बुबाले नेपालमै बसेर पढ्न भनेपछि उनी घर फर्किएर पढाईलाई निरन्तरता दिँदै गाउँघरमा हुने कार्यक्रममा गीत गाउँदै आफ्नो कला र गलालाई प्रष्फुटित पार्दै आएका थिए । धनगढीको दोहोरी साँझमा केही समय काम समेत गरेका ओड त्यही क्रममा धनगढीमा भएको धनगढी अडिसनमा भाग लिँदै उनी आज नेपाल आईडल बनेका छन् । उनको यात्रा अझै लामो भएको भान उनले गाउने गीत, उनले पाउने प्रतिक्रियाले दिईरहेको छ । रविको यात्रा अझ चम्किलो र तेजिलो वनोस् हाम्रो पनि शुभकामना छ । यस अघि नेपाल आईडलको पहिलो सिजनमा प्रदेश सातमा अडिसन नै भएन । तर पनि काठमाण्डौबाट सहभागिता जनाएकी धनगढी सन्ध्या जोशी उत्कृष्ट नौ मा पर्न सफल भएकी थिईन ।