दमक । साहित्य र कला संरक्षणको क्षेत्रमा सक्रिय रहेको साहित्यकला संगम दमकले एक अन्तराष्ट्रिय पुरुस्कार सहित ५ जना साहित्यकारहरु र एक संस्थालाइ एकसाथ दमकमा पुरस्कृतसंगै सम्मान गरेको छ । लामो समयसम्म शैक्षिक क्षेत्रमा क्रियाशिल रहनु भएका भवानी मिश्रले अक्षयकोष निर्माण गरिदिएपछि त्यसैको ब्याजबाट बिभिन्न पुरुस्कारहरु प्रदान गरिएको जनाईएको छ ।

५५ हजार ५ सय ५५ राशिको भवानी मिश्र अन्तराष्ट्रिय साहित्यिक पुरुस्कार एवं सम्मान भारतको सिक्किमकी साहित्यकार डा. कविता लामालाइ प्रदान गरिएको छ । सिक्किम विश्वबिद्यालयको भाषा तथा साहित्य सङ्कायको डीन समेत रहनु भएकी लामा पहिलो पटक यो सम्मानबाट सम्मानित बन्नु भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

२०४२ सालदेखि निरन्तर साहित्यको क्षेत्रमा क्रियाशिल रहनु भएका साहित्यकार डा. रामप्रसाद ज्ञवालीलाइ भवानी मिश्र राष्ट्रिय साहित्यिक पुरुस्कार एवं सम्मान २०७५ बाट सम्मानित गरिएको छ । ३५ हजार ५ सय ५५ राशिको पुरुस्कार उहाँलाइ प्रदान गरिएको थियो । यसैगरी भवानी मिश्र प्रादेशिक साहित्यिक पुरुस्कार एवं सम्मान झोरहाट नाट्य समुहले पाएको छ । गाँउमा नाट्क र कविताको उत्थानका लागि काम गरेकाले २५ हजार ५ सय ५५ नगद सहित यो सम्मान प्रदान गरिएको साहित्यकला संगमका अध्यक्ष नरपती पाण्डेले बताउनु भयो ।

यसैगरी भवानी मिश्र झापा साहित्य पुरुस्कार एवं सम्मान भवानी क्षेत्रीलाइ प्रदान गरिएको छ । बिर्तामोडमा बसोबास गर्दै आउनु भएकी क्षेत्रीलाइ १५ हजार ५ सय ५५ राशिको पुरुस्कार एवं सम्मान गरिएको हो । सुम्निमा कविता सङ्ग्रह, उजेलीहरु क्था सङ्ग्रह, आमाहरु निबन्ध सङ्ग्रह लगायतका कृतिहरु उहाँका रहेकाछन् ।  साहित्यकला संगमका पुर्व अध्यक्ष समेत रहनु भएका रुद्र निरौलालाइ भवानी मिश्र साहित्यिक नगर पुरुस्कार एवं सम्मान प्रदान गरिएको छ । ११ हजार ५ सय ५५ राशि सहितको पुरुस्कार एवं सम्मानले उहाँलाइ सम्मान गरिएको थियो । साहित्यकला संगमका अध्यक्ष पाण्डेकाक अनुसार यसैबर्षबाट यि पुरुस्कार एवं सम्मान बितरण शुरु भएको हो ।

दमक साहित्यकला श्री पुरुस्कारबाट भने साहित्यकार उपेन्द्र बस्नेत पागल पुरस्कृत बन्नु भएको छ । ११ हजार ५ सय ५५ रुपिया सहित उहाँलाइ पुरस्कृत गरिएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिब प्राध्यपक डा.जगतप्रसाद उपाध्यायको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पुर्वका साहित्यकारहरुको उल्लेख्य सहभागिता रहेको थियो । उपाध्यायले साहित्य र कलाको माध्यमबाट नेपालको छवि उच्च बनाउनका लागि सहयोग पुर्याउन साहित्यकारहरुलाइ सम्मान गर्न पाउदा खुसि लागेको बताउनु भएको थियो ।