विष्णुप्रसाद पोखरेल दमक/दमक ८ की सुनिता मुर्मुलाइ सिटी सफारीले हानेर घांइते बनायो । उहाँ आएर उजुरी दिनु भयो । त्यसपछि प्रहरी कार्यालयबाट सिटी सफारी चालक पक्राउ परेको देखि लिएर उपचार पाए नपाएको जस्ता बिषयमा प्रहरी कार्यालयबाट नियमित रुपमा फोन जान थाल्यो । यसले उहाँ निक्कै अचम्ममा पर्नु भयो । पहिला प्रहरी कार्यालय आएर दशऔला जोडेर बिन्ति गर्दा कसैले वास्ता नगर्ने अहिले प्रहरी आफैले निवेदन दिएपछि चासो राखेर फोन गरिरहदा धेरैलाइ अनौठो लाग्न थालेको छ । मलाइ पनि प्रंहरी कार्यालयबाट फोन आउदा शुरुमा त अचम्ममा परे तर यसरी फोन गर्दा पहिला नउठ्ने अहिले फोन नै आफै आउदा खुसि लाग्यो, मुर्मुले भन्नुभयो ।

घरेलु हिँसा तथा जबरजस्ति करणी मुद्धामा आफन्त प्रहरी कार्यालय आइरहदा पहिचान खुल्ने धेरैलाइ डर थियो । अहिले यस्ता पीडितका परिवार कार्वाही प्रक्रिया बुझ्न प्रहरी कार्यालय आउनु पर्दैन, आफै प्रहरीले फोन गरेर जानकारी दिने गरेको छ, महिला शशक्तिकरण केन्द्र नेपाल दमककी अध्यक्ष भूमिका कोइरालाले भन्नुभयो । पहिला सानोसानो घटनाको बिषय बुझ्नजाँदा समेत प्रहरीले वास्ता नगर्दा धेरैलाइ समस्या थियो, कोइरालाले भन्नुभयो । अहिले त प्रहरी आफैले फोन गरेर आवश्यक सल्लाह दिनेदेखि लिएर असुरक्षा भएको भए भन्नुहोला भन्दै पीडितहरुलाइ प्रहरी कार्यालयबाट बारम्बार फोन जान थालेको छ, कोइरालाको भनाइ छ । यसले प्रहरीको काम जनमैत्री र पीडितमैत्री आभास भएको छ, कोइरालाले भन्नुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जिल्ला प्रहरी कार्यालय झापाले जिल्लाभरका आफ्ना प्रहरी युनिटहरुमा ‘पीडितको साथी’ कार्यक्रम ल्याएपछि यस्तो भएको हो । असोजको दोश्रोसाता देखि शुरु भएको कार्यक्रम छोटो समयमा नै प्रभावकारी देखिएको छ । प्रत्येक प्रहरी कार्यालयमा एकजना बेग्लै तालिम प्राप्त प्रहरीलाइ पीडितको साथी तोकिएको छ । उक्त पीडितको साथी बेग्लै पहिचान झल्कने कपडा लगाएर बसेको भेटिने गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापामा प्रहरी सायहक निरीक्षक बलबहादर बयलकोटीलाइ फोकल पर्सन तोकिएको छ । सबै प्रहरी कार्यालयसंग समन्वय गर्ने र जिल्ला प्रहरी कार्यालयमा परेका निवेदनहरु हेरर निवेदनकर्तालाइ निवेदनको कार्वाहीको बिषयमा जानकारी गराउनेमात्र उहाँको दायित्व रहने गरेको जनाइन्छ । बयलकोटीका अनुसार ३ महिनाको अवधिमा जिल्ला प्रहरी कार्यालय झापाबाट निवेदन दिएका पीडितहरुलाइ १ सय २७ कल फोन गएको छ ।

प्रत्येक प्रहरी कार्यालयमा रहेका पीडितको साथी (फोकल पर्सन)ले प्रहरी कार्यालयमा परेका निवेदनहरुको कामकार्वाहीको बिषयमा निवेदकलाइ फोन गरेर प्रत्येक दिन जानकारी दिने गरेको छ । जिल्लाभर ५७ वटा प्रहरी युनिटमध्ये ५१ वटामा पीडितको साथी कार्यक्रम लागु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख भीम ढकालले बताउनु भयो । ५१ जना प्रहरीहरु नै पीडितको साथीको रुपमा खटिएकाछन् ।

पीडितको सुरक्षा, पीडितकाको आर्थिक बचत, पीडितको गोपनीयताका लागि कार्यक्रम प्रभावकारी भएको ढकालको दाबी छ । यसले प्रहरी कार्यालयमा बिचौलियाको प्रभावको समेत अन्त्य भएको छ, ढकालले भन्नुभयो । निवेदन दिएपछि सर्वसाधरणले नेता तथा अन्य मान्छेलाइ फोन गर्न लगाउने गरेको सम्झदै अहिले यस्तो फोनहरु आउन छाडेको उहाँले बताउनु भयो ।  बिगतका दिनहरुमा जस्तो अब पीडित प्रहरी खोज्दै प्रहरी कार्यालय धाउनु पर्दैन, हामी पीडितलाइ फोन गरेर प्रत्येक दिन भइरहेको अनुसन्धानको बिषयमा जानकारी गराउछौ, ढकालले भन्नुभयो । यो कार्यक्रम झापामामात्र लागु भएको जनाउदै ढकालले यो असोज तेश्रोसाता देखि अहिलेसम्मलाइ आधार बनाउदा प्रहरीबाट निवेदनकर्ता पीडितलाइ १४ सय २१ पटक फोन कल गएको छ । पीडित साहयता कक्षको स्थापनाका लागि प्र्रयास

पीडितहरु नै सरकारी मुद्धाका साक्षी गबाह हुने हँुदा उनिहरुको सुरक्षा र साथ सहयोगले नै मुद्धाको सफल अनुसन्धान हुने र पिडकले कानून बमोजिम सवाय पाउन सक्ने हुँदा पीडितहरुको सुरक्षा दिलाउन साहयताकक्ष बनाउन लागिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पीडितको साथी कार्यक्रमलाइ दीर्घकालिन रुपमा सञ्चालनका लागि यस्तो कक्ष ल्याउन लागिएको प्रहरी भनाइ छ ।

पिडितहरुका समस्यालाइ सम्बोधन गर्न तथा मुद्धाको प्रगतिको बारेमा पिडितहरुलाइ जानकारी दिने उदेश्यले जिल्ला प्रहरी कार्यालय तथा मुद्धा चल्ने इलाका प्रहरी कार्यलयसम्म पिडित साहयता कक्षको स्थापना गरिनेछ, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख ढकालले भन्नुभयो । पिडित साहयता कक्षमा जुनियर प्रहरी अधिकृतको कमाण्डमा कम्तिमा ३ जना जसमा १ जना महिला प्रहरी अनिवार्य हुनेछन्, ढकालले भन्नुभयो ।