दमक/झापाको दमकमा आउदो माघ १४ गतेदेखि शुरु हुने भनिएको प्रादेशिक बालेमहोत्सव ३ दिनपछि सरेको छ । आउदो माघ १७ गतेदेखि महोत्सव शुरु गरिने महोत्सव मूल आयोजक समितिकी संयोजक एवं दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले बताएकीछन् ।
प्राविधिक कारण र तयारीका लागि केहि थप समय आवश्यक पर्ने भएकाले महोत्सव सार्नु पर्ने बाध्यता परेको अधिकारीको भनाइ थियो । अब यो नै अन्तिम हो, अब कुनै पनि हालतमा महोत्सव सर्दैन, उनले भनिन् ।
महोत्सवको तयारी तिब्र बनाइएको र उपसमितिहरुको सक्रीयता समेत बढेको जनाइएको छ । महोत्सवको बिषयमा दैनिकजसो छलफल र बैठकहरु समेत भइरहेकाछन् । सरस्वती माबिको खेलमैदानमा ५दिनसम्म महोत्सव सञ्चालन हुनेछ ।










