दमक/दमक जेसिजको नयाँ नेतृत्वकालागि ३ जना प्रतिस्पर्धि देखिएकाछन् । अहिलेसम्म जेसिज सदस्यहरुमा ३ जनाको नाम चर्चामा रहेको छ । तीनै जनाले भोट माग्न थालेको बताइएको छ ।

भीमराज केसी, गोपाल गुरागाइ र सीता कार्कीले आफुलाइ अध्यक्षको रुपमा आफुलाइ उभ्याएकाछन् । केसी र गुरागाइले शुरुवातदेखि नै आफु पछि नसर्ने दाबी गरेपछि बीचधारबाट कार्कीको नाम आएको चर्चा छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अध्यक्षका लागि आँकाक्षा राख्ने पनि अरु पनि धेरै रहेको बताइन्छ । यद्यपी महाचिव, कानूनी सल्लाहकार लगायतका यसभन्दा अगाडि नबसेकाहरु त्यतातर्फ आफ्नो शुनिश्चितताका लागि पनि आफुलाइ उभ्याउन शुरु गरेकाछन् ।

महासचिबका प्रमुख दाबेदार सुयोग खरेल देखिएकाछन् । यदि अध्यक्षबाट ब्याक भएको अवस्थामा सिता कार्कीले पनि दाबी गर्ने अवस्था रहन सक्ने चर्चा जेसिज सदस्यहरुमा रहेको छ । यद्यपी अध्यक्षले महासचिब तोक्ने भएकाले अरु पनि पर्न सक्छन्, एक जसिज सदस्यले भने ।

कार्यकारणि उपाध्यक्षमा भने सबैभन्दा बढिको दाबेदारी रहेको जनाईएको छ । औपचारिक रुपमा भने अहिलेसम्म रमेश लुइटेलले आफु दाबेदार भएको उल्लेख गरेकाछन् । अहिलेका उपाध्यक्षहरु गंगादेबी ढकाल, राजकुमार अग्रवाल, तालिम निर्देशक सन्दीप न्यौपाने, जनसम्पर्क अधिकारी नीरज आचार्य, विश्वासकुमार काश्यप, पुर्व उपाध्यक्ष बिष्णुप्रसाद पोखरेल पनि कार्यकारिणि उपाध्यक्षका दाबेदार बताइदै आएको छ । सञ्जिब बराल, अनिस प्रशाइ पनि कार्यकारणि उपाध्यक्षको दाबेदार मानिएकाछन् ।