दमक/झापामा आउदो पुष १३ गते भद्रपुर मेचि रंगशालामा ११ बजे जिल्ला खुल्ला दिशा मुक्त घोषणा समारोह गर्ने भनेर ठुलो प्रचार शुरु गरिएको छ । सार्वजनिक शौचालयहरु नबनेको अवस्था र शौचालय बनेपनि प्रयोग नभएको बिषयहरु सार्वजनिक भइरहदा अहिलेसम्मकै जिल्लामा ठुलो सफलताको रुपमा शौचालयमा दिशापिसाव गर्ने भनेर ठुलो आमसभाको तयारी शुरु भएको पाईएको हो ।

जिल्ला समन्वय समिति झापा सभापति एबम जिल्ला खानेपानी ,सरसफाइ तथा स्वच्छता समन्वय समिती अध्यक्ष सोमनाथ पोर्तेलले तयारी तिब्र रुपमा भएको जनाउदै सबैलाइ उपस्थितिका लागि आग्रह गरेकाछन् । उनले झापामा एक बर्षको अवधिमा ३९ हजार घरपरिवारमा शौचालय बनेको समेत बताएकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड
झापाका पत्रकार अर्जुन राजवंशीले एउटा शौचालयको अवस्थाको बिषयमा फोटो सहित स्टाटस लेखेकाछन्, जसले झापामा शौचालय बनाएर पनि प्रयोगको अवस्था के छ भन्ने दर्शाएको छ । फोटो सहित उनको स्टाटस यस्तो छ-विरोध होइन, सुझाव मात्र । यो तस्बिर कति दर्दनाक छ ? एक महिनाअघि मैले खिचेको हुँ । बिर्तामोड नगरपालिका वार्ड नं. १० को मुसहर बस्तीको । जतिबेला बिर्तामोड खुल्ला दिसामुक्त घोषणा भएको तीन महिना बितिसकेको थियो । तर, शौचालयको अवस्था यस्तो थियो । धन्न, केही सामाजिक व्यक्तिहरुले यो परिवारको घर र शौचालय बनाईदियो र, अहिले यो अवस्थामा सुधार आएको छ । झापालाई खुल्ला दिसामुक्त घोषणा गर्नुअघि एक पटक पूरै जिल्ला अनुगमन गरेर यस्ता अवस्थाहरुको सुधार गर्न जरुरी छ । गौरीगञ्ज १ महाभाराको चौरी क्षेत्रमा शौचालयमा पराल राखेको, टिनको पाताले छोेपेर राखेको ०७५ पुष ९ गते कैद गरेको तस्बिरहरु म सँग सुरक्षित छ ।

फोटो साभार-अर्जुन राजवंशीको फेसबुक