दमक/झापा दमक वडा नं.  ५ का बासिन्दाहरुको धारामा लेदो सहितको पानी आएपछि स्थानीयहरु आक्रोशित भएकाछन् । पानी अधिक रातो र लेदो सहितको आएपछि उक्त क्षेत्रमा ठुलो समस्या पैदा भएको छ ।

सामाजिक अगुवा युवा गोविन्दराज कट्टेलका अनुसार बिहान धारा खोल्दा लेदो सहितको पानी आएको हो । उनले सामाजिक सञ्जाल फेसबुकमा उक्त पानी सहितको फोटो पोष्ट समेत गरेकाछन् । आफ्नो र आफ्नो घरआसपास नै यो समस्या रहेको समेत उनले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कट्टेलले सामाजिक सञ्जाल फेसबुमा यस्तो लेखेकाछन्-नेपालकै शुद्ध खानेपानि । अाज बिहान धारावाट झरेकाे पानी । सफा देउ दिन सक्दैनउ भने कम्तिमा सुचना देउ । जवाफदेयिता त सबै ठाउमा चाहिन्छ हाेला नि ? जन प्रतप्रतिनिधि समेत रहेका अध्यक्ष र दमकका धुरन्धर राजनैतिक कर्मीहरू रहेकाे समिति छ तर जवाफदेयिता सिकाउन कता पठाउने हाेला ।

दमकमा केहिदिन यता पानीमा यस्तै प्रकारको लापरवाही हुने गरेको जनाईएको छ । दमकमा अधिकाँश ठाँउमा यो समस्या रहेको भन्दै तत्काल शुद्धपानीको ब्यवस्था गर्न नगरबासीहरुले आग्रह गरेकाछन् ।