दमक/बढि सेवा सुविधा भोगि भएको र काम नगरेको आरोप लागेपछि गौरादहका जनप्रतिनिधि र कर्मचारीले पत्रकार सम्मेलन गरेर नै यस्तो नगरेको प्रष्टिकरण दिएकाछन् । प्रदेश सरकारले तोकेअनुसार पारिश्रमिक लिएको जनाउदै थप नलिएको जनाए । यद्यपी बिभिन्न शिर्षकमा घुमाउरो तरिकाले सेवा सुविधा लिएको तथ्यहरु भने स्वयं नगरपालिकाले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

नगरपालिका प्रमुख रोहितकुमार शाहले बाहिर आएजस्तो नरहेको भन्दै भएका कमीकमजोरी सच्च्याएर अघि बढ्ने जनाए । उनले भने, हामीले प्रदेश सरकारले तोकेभन्दा बढि पैसा लिएको छैन र लिने पनि छैनौ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सागर मिश्रले पत्रकारहरुलाइ कतिपय बिषयबस्तुहरुको जवाफ दिन सकेनन् । उनले राजपत्र प्रकाशनको बिषयमा छलछाम गर्दै जवाफ दिए र सबैकुरा सबैलाइ थाहछ भन्दै टारे । उनले नगरपालिकामा अहिलेसम्म जनप्रतिनिधिबीच खटपट र असमञ्जस्यता नरहेको पनि उल्लेख गरे । भिन्दाभिन्दै पत्रकार सम्मेलन भएको र नगर उपप्रमुखको अध्यक्षतमा नगर कार्यपालिकाको बैठक बसेको बिषय सोध्दा बोलेनन् ।

नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले कमीकमजोरी भएको भन्दै यसलाइ आत्मसमिक्षा गरेर अघि बढ्ने जनाए । उनले जनप्रतिनिधिले सेवा सुविधा धेरै लिएको भन्ने बिषय यथार्थ परक नरहेको उल्लेख गरे ।

वडाध्यक्ष छत्रपती सुबेदीले पनि जनप्रतिनिधिहरुको बचावट गरे । जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी र राजनीतिक दलका प्रतिनिधिहरु सहित पत्रकार सम्मेलन भएको थियो । आपसी झगडा र बिबादले थलिएर नगरपालिकाको कामकाज ठप्प झै बनेको आरोप लागिरहदा एक भएजस्तो सन्देश दिन पत्रकार सम्मेलन गरे जस्तो देखिन्थ्यो ।