दमक/झापाको दमक, कमल र गौरादहलाइ समेटर बन्न लागेको औधोगिक पार्कलाइ बिफल बनाउन भुमाफियाहरु लागेको आरोप लगाउदै यस बिरुद्ध उत्रने चेतावनी दिईएको छ । स्थानीय सरोकारवाला तथा जग्गादाताहरुले स्वतस्फुर्त रुपमा बनाएको औधोगिक पार्क निर्माण पहल एवं समस्या सामधान समितिले दमकमा पत्रकार सम्मेलन गरेर यस्तो चेतावनी दिएको हो ।

यहाँका बर्षौदेखि बस्दै आएका किसान एवं स्थानीयहरुको मागको बिषयमा पुर्नबिचार हुनु पर्ने जनाउदै औधोगिक पार्क बन्छ भनेर निश्चित बनेपछि किनबेच भएका जग्गाहरुको बिषयमा पुर्नबिचार गर्ने माग जायज नभएको समितिको जिकिर थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

रातारात धनी बन्ने सपना देखेर खोलाको जग्गा सस्तोमा किनेर मालपोतमा बढि थैली राखेर भुमाफियाहरुले चलखेल गरेको आरोप समितिले लगाएको छ । समितिका संयोजक मदन अधिकारीले औधोगिक पार्क निर्माण गर्न नदिने तत्वहरुको प्रतिकार गर्ने जनाए ।

सचिब हुकमसिंह राइले भुमाफियाहरुले सर्वसाधरण जनतालाइ उक्साएर औधोगिक पार्क नै बन्न नदिने खेलमा लागेकाले यस बिरुद्ध अब स्थानीय जनता नै लाग्ने दाबी गरे । उनले वास्तविक समस्या भएका किसानको समस्या सुन्न सबै तयार हुनु पर्ने भन्दै भुमाफियाहरुको उक्साहटमा लाग्नु नहुने बताए ।

औधोगिक पार्क निर्माणमा शुरुवातदेखि नै भुमिका खेल्दै अम्बिका खनालले अहिले जग्गा मआब्जा कम भयो भनेर आन्दोलन गर्ने अगुवाहरुको फेहरिस्त सुनाउदै उनिहरु स्थानीय नभएको आरोप लगाए । उनिहरुलाइ यहाँ औधोगिक पार्क बन्नु अघि बसोबास रहेको प्रमाण लिएर आउन समेत चुनौती दिए ।

औधोगिक क्षेत्र ब्यवस्थापन सघर्ष समिति बनाएर मुआब्जा कम भएको भन्दै केहिदिन अघि देखि कमल गाँउपालिकाका तर्फका स्थानीयहरु आन्दोलनमा उत्रेका थिए । उनिहरुले दमकमा र्याली समेत गरेका थिए ।