दमक/नेपाल राष्ट्रिय बाणिज्य संघ दमक नगर कमिटी र राष्ट्रीय उद्योग तथा बाणिज्य संघ दमकले सयुक्त रुपमा शुक्रबार चपेटीमा आयोजनामा गरेको बनभोजमा उल्लेख्य सहभागिता भएको छ । ५ सयभन्दा बढि दमकका ब्यवसायीहरु सहभागि भएको बनभोज ब्यवस्थापन समिति अन्र्तगतको आर्थिक समितिका संयोजक बिमल खतिवडाले बताए ।

नेकपाका प्रदेश नं. १ का अध्यक्ष देवराज घिमिरेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा दुबै संगठनका ब्यवसायी तथा पार्टीका नेताहरुको उल्लेख्य सहभागिता रहेको र यसले आफुहरुलाइ उत्साहित बनाएको बजभोज मुल ब्यवस्थापन समितिका संयोजक राम रिमालले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ब्यपारीहरुले यसलाइ आउदो दमक उद्योग बाणिज्य संघको निर्वाचनको तयारीको रुपमा समेत बुझेको जनाए । यो पटक नेकपा निकटका ब्यवसायीहरुले एकढिक्का भएर उम्मेदवार चयन गर्ने संकेत यसले मिलेको छ, एक पार्टी नेताको भनाइ थियो ।

बरिष्ठ उपाध्यक्ष भएकाले बिमल खतिवडाले आफुलाइ अध्यक्षको रुपमा दाबेदारी प्रस्तुत गर्दै आएपनि उनले पार्टी र ब्यवसायीक संगठनको निर्णय नै आफ्नो लागि मान्य हुने बताउदै आएकाछन् । प्रथम उपाध्यक्ष गोपाल गुरागाइको पनि दाबी रहदै आएको छ । बर्तमान अध्यक्ष राजेन्द्र ढकाल यस बिषयमा बोलेका छैनन् । अप्ठेरो  तत्कालिन अवस्थामा निर्वाचनमा बिमल खतिवडा र युवराज घिमिरेले उनलाइ साथ दिएका थिए ।