गौरीगञ्ज । ३ नम्बर वडा अध्यक्ष मखना महतोलाई दुर्व्यवहार गरेको भन्दै गौरीगञ्ज गाउँपालिकाले आपत्ति जनाएको छ ।गौरीगंज गाउँपालिकाले शनिवार एक प्रेस विज्ञप्ति जारी गर्दै वडा अध्यक्ष महतोलाई गाली गलौज गर्दै हातपात गरेकोमा खेद प्रकट गर्दै कार्वाहीका लागि माग गरेको छ ।

गौरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । ‘गौरादह नगरपालिका वार्ड नं १ बस्ने भुपाल कटुवालले गलत प्रवृत्तिबाट उद्वत रहि वडा अध्यक्ष महतोको मानहानी हुनेगरी सार्वजनिक स्थानमा गरेको कार्य किमार्थ सभ्य, सज्जन र जिम्मेवार व्यत्तिको चरित्र हुदै होइन ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पुस १२ गते विहिवारका दिन विहान १० बजेतिर गौरीगंज चौकदेखि अल्तावारी बाटो अन्तरगत चौक नजिक बाटो निर्माण गर्ने क्रममा निज कटुवालले आफ्नोे जग्गा तिर मिच्दै नाला खनेको भन्दै महतोमाथि खनिएका थिए । बाटो निर्माण कार्य हाल रोकिएको छ भने विवाद समाधानका लागि कुनै ठोस कदम चालिएको छैन ।