दमक/आउदो पुस १८ गते राष्ट्रपति बिद्यादेबी भण्डारी झापा आउने भएकीछन् ।
उनि झापाको गौरादह स्थित साना किसान सहकारी संस्थाले गरेको नमुना एकीकृत सहकारी खेतीको अवलोकनका लागि भण्डारी आउन लागेकीहुन् ।
नेपाली सरकारले यसलाइ कृषि पर्यटन क्षेत्रको रुपमा घोषणा गरेपछि पहिलो पटक बिशिष्ट ब्याक्ति आउन लागेकाहुन् ।
सहकारीकी अध्यक्ष मीना ढकालले राष्ट्रपति आउन लागेको बताइन् ।
यो आफुहरुका लागि गर्वको कुरा भएको समेत उनको भनाइ छ । हामी भब्य स्वागतको तयारीमा जुटेका छौ, उनले भनिन् । यस बिषयमा सर्वदलीय बैठक समेत बसेको थियो ।











