बिष्णुप्रसाद पोखरेल

दमक/झापाको दमकका सिर्जनशिल युवाहरु मिलेर आफ्नै पहलकदमी र लगानीमा शुरु गरेको हाम्रो बाल आश्रमले पुर्णता पाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

युएनएचसीआरले भौतिक सामाग्रि फर्निचर प्रदान गरेसंगै सञ्चालनको तयारी शुरु भएको पाइएको छ ।

हाम्रो बालआश्रमका सचिब एवं जग्गा दाता परिवारका साजन श्रेष्ठले अब सञ्चालनको लागि बालश्रम तयार भएको बताए ।

निर्माणको काम शुरु गर्न श्रेष्ठ सहित अध्यक्ष प्रकाश थापा र सदस्यहरु सुमन कोइराला, बिकास शर्मा, बिकास अग्रवाल, प्रहर क्षेत्री, खिलराज खरेल, तुलसीराम तिम्सिनाले शुरुवाती १ लाखका दरले रकम उठाएकाथिए ।

दमक २ खरखरेमा अहिले २४ जनासम्म क्षमताको भवन सञ्चालनका लागि पुर्ण तयारी अवस्थामा रहेको र चाँडै औपचारिक रुपमा उद्घाटनको तयारी हुने बताइएको छ।

दमक नगरपालिका प्रमुख रोमनाथ ओली र उपप्रमुख गीता अधिकारीले युवाहरुको यस कदमको आफुहरु सधै साथमा रहेको बताउदै आएकाछन् ।

नगरपालिकाले सञ्चालनका लागि आवश्यक सहयोग गर्ने उहाँहरुको प्रतिबद्धता रहेको छ ।