दमक/दमक जेसिजको चुनावी कार्यत्रम आजबाट शुरु भएको छ । आज उम्मेदवारी मनोनयन सम्पन्न भएको निर्वाचन समितिका प्रमुख आयुक्त सन्तोष अधिकारीले बताएकाछन् ।

सोमबार उम्मेदवारी मनोनयनपछि एक कार्यक्रम गरेर निर्वाचन समितिले सबै उम्मेदवारहरुलाइ थप कार्यक्रमबारे जानकारी दिएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सबैको ब्यस्ततालाइ मध्यनजर गर्दै तालिम साँझ ५ देखि ८ बजेसम्म राखिएको पनि अधिकारीले बताए ।

निर्वाचन समितिका सदस्य बद्रि बराल र बिमल नेपाल रहेकाछन् । २० गते हुने दमक जेसिजको साधरणसभा लगत्तै नयाँ नेतृत्व चयन हुनेछ ।

अध्यक्षमा ५ जनाको दाबी रहेको छ । भीमराज केसी, गोपाल गुरागाइ, सुयोग खरेल, सीता कार्की र कमल कट्वालले अध्यक्षमा मनोनयन दर्ता गराएकाछन् ।