विष्णुप्रसाद पोखरेल
दमक /दमक जेसिजको सन् २०१९ का लागि नेतृत्वका लागि ५ जनाले दाबी पेस गरेकाछन् । आज उम्मेदवारी मनोनयनमा ५ जनाले दाबी गरेकाहुन् ।
प्रमुख निर्वाचन आयुक्त सन्तोष अधिकारीका अनुसार भीमराज केसी, गोपाल गुरागाइ, सुयोग खरेल, सीता कार्की र कमल कट्वालले अध्यक्षमा मनोनयन दर्ता गराएकाछन् ।
उम्मेदवारी दाबी बिरोध अघि उम्मेदवारहरुको तालिम हुने र त्यसपछि इच्छुकले अध्यक्षको प्रतिस्पर्धाबाट बाहिरन सक्नेछन् । त्यहाँ नबाइरिए ककसमा गएर समेत उम्मेदवारी फिर्ता गर्न सकिने जनाईएको छ ।
अध्यक्षमा केसी र गुरागाइको नाम बढि चर्चामा रहेको छ । सीता कार्कीले पनि अध्यक्षमा भोट माग्दै आएकीछन् । खरेल महासचिबका दर्बिलो उम्मेदवार हुन ।
महासचिब अध्यक्षले मनोनयन गर्ने जेसिजको बिधान रहेको छ । कट्वाल पनि महासचिवको आँकाक्षीहुन् ।











