दमक/झापाको गौरादहस्थित महारानी झोडा र शिवसताक्षीस्थित चन्द्रडाँगी कृषि फर्ममा राष्ट्रपति बिद्यादेबी भण्डारी आउने कार्यक्रम रहेको छ ।

आउदो पुस १८ मा उहाँ झापा आउने कार्यक्रम रहेको सुरक्षा उच्च श्रोतले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कार्यक्रम स्थलको अवस्थाबारे बुझ्न र सुरक्षा रणनीति तयार पार्न झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, एसपी भिम ढकाल लगायतका टोलीले महारानीझोडा र शिवसतासीको चन्द्रडाँगीको अवलोकन गरेकाछन् ।

चन्द्रडाँगीमा प्रमुख जिल्ला अधिकारी दाहालसंगै संघीय साँसद एलपी साँवा पनि सहभागि भएका थिए ।