काठमाडौँ । पहिलो साङ्गीतिक प्रस्तुतिको लागि 'नेपाल आइडल २' का टप ४ प्रतिस्पर्धी जापान प्रस्थान गरेका छन्। पहिलो अन्तर्राष्ट्रिय साङ्गीतिक यात्रामा नेपाल आइडलका टप ४ प्रतिस्पर्धी रवि ओड, विक्रम बराल, अस्मिता अधिकारी, सुमित पाठक र अमित बराल हिजो ८ बजेको उडानमा जापान उडेको हुन् ।

यही जनवरी ३ मा जापानको फुकोवोका, ४ मा नागोया र ५ मा टोकियोमा नेपाल आइडलको लाइभ प्रस्तुति रहनेछ । कार्यक्रममा नेपाल आइडलका प्रस्तिस्पर्धिले नेपालीलाई साङ्गीतिक मनोरञ्जन दिनेछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जापान प्रस्थान गर्ने क्रममा विभिन्न मिडियासँग कुरा गर्दै गर्दा नेपाल आइडल २ का विजेता रवि ओडले आमाको कुरामा भावुक बनेका थिए। गत हप्ता मात्रै रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु भएको थियो। हेर्नुस् नेपाल आइडल टप ५ प्रतिस्पर्धीसँग गरिएको भिडियो कुराकानी।

https://youtu.be/pliOImvVHt4